मीना श्रेष्ठ, खोटाङ
तिमीलाई दिलमा राख्छु भन्दा दिएनौ मैले के गरूँ
मेरो यो खोटो भाग्यामा नै तिमी थिएनौ मैले के गरूँ

हजारौपटक कोसिस गरिरहें मेरै बनाउँन तिमिलाई
मेरो मुटु तिमिलाई नै दिन्छुभन्दा लिएनौ मैले के गरूँ

हर्पल नियालिरहें तिम्रो हरेक क्रियाकलाप मैले पनि
अमृतको भाडो तिमिलाई नै दिएँ पिएनौ मैले के गरूँ

तिम्रै खुशीको लागि सयौं चोटि मर्नपनि तयारछु प्रिय!
फाटेको मेरो मुटु सिदेउ भन्दा तिमिले सिएनौ मैले के गरूँ

पागलझैं हिडिरहेका छौ सडक किनारामा आजभोलि
मेरै जिन्दगिसँग तिमिब पनि जिउभन्दा जिएनौ मैले के गरूँ

खोटाङ,कुभिन्डे ५

तपाईको प्रतिक्रिया

error: Content is protected !!