एक साता भन्दा बढी लगातारको वर्षा पछि आएको बाढी र पहिरोेले ठुलो धनजनको क्षति गर्यो । पहाडमा पहिरो र तराईमा बाढी र डुवानका कारण जनजीवन अस्तब्यस्त बन्यो । उत्तरी मोरङका लेटाङ नगरपालिका,केराबारी गाँउपालिका लगायतका क्षेत्रमा पहिरोले सडक पुरिंदा पहाडी क्षेत्रमा यातायात सेवा अवरुद्ध भएको छ । त्यस क्षेत्रमा आवातजावतमा समेत समस्या उत्पन्न भएको छ ।

पहिरोले ठाउँ ठाउँमा सडक पुरिएपछि तराई क्षेत्रबाट मोरङ्गका उत्तरी केरावारी र धनकुटा जिल्लाको चौविसेका बासिन्दालाइृ आवागमनमा समस्या भएको छ । मोरङको खोर्साने र केराबारी बजारबाट उत्तरी मोरङको पहाडी क्षेत्रमा पर्ने भोगटेनी र सिंहदेवी हुँदै भेडेटार, रवि, राँके सडक र धनकुटाको चौबिसे क्षेत्र जोड्ने खोकेभोसि सडक अवरुद्ध छ । केराबारी भोगटेनी कृषि सडक अन्र्तगत केराबारी ३ को भोगटेनी स्थित एक्लेटार नजिककै पहिरो खसेका कारण सडक अवरुद्ध भएको छ । सडकको भाग सहित एक डेढ सय मिटर तल पहिरोे झरेका कारण तत्काल सडक सञ्चालनमा आउने सम्भावना छैन ।

पैदल यात्रा गर्न समेत कठिन हुने गरी सडकको पुरै भाग पहिरोले कटान गरी खसेको कारण मोरङको दुर्गम पहाडी क्षेत्रका स्थानीयवासीहरुले सास्ती खेप्नुपरेको छ । सडक अवरुद्ध भएपछि निकासी हुने तरकारी बाली,जडिबुटी पनि नष्ट हुने अबस्थामा पुगेको छ । पहिरो गएर सडक अवरुद्ध भएपछि केराबारीको भोगटेनी र सिंहदेवीका बासिन्दाले गाउंँपालिका कार्यालय, केराबारी बजार आउन भेडेटार हुँदै धरानबाट घुम्नुपर्ने बाध्यता छ । मोरङ्गको लेटाङ्ग ८ का स्थानियले प्रयोग गर्दै आएको तेली गडाने सिँचाइ कुलो पहिरोले पुरेपछि किसानलाई धान बालीमा पानी कसरी लगाउने चिन्ता थपिएको छ । पहाडी क्षेत्र भएका कारण मर्मत सम्भारका लागी समेत समय लाग्ने भएका कारण थप समस्या सिर्जना भएको छ । समस्या समाधानका लागी सबैले आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने अबस्था छ ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!