केही निजि स्वार्थ बोकेका लोभीपापी ब्यत्तिहरुको मिलेमोतोमा मोरङको बेलबारी २ मा रहेको साहारा बालग्रामको जग्गा ब्यत्तिलाई बिक्री गरेको पाईएको छ । संस्थाको नाममा रहेको जग्गा ब्यत्तिको नाममा पास गरिनु निन्दनीय र भत्र्सनायोग्य बिषय हो । यसरी सार्बजनिक सम्पत्तिको चरम दोहन गर्ने जो सुकै भएपनि कानुनी दायरामा ल्याएर हदै सम्मको कारबाही हुनु जरुरी छ ।
सो जग्गा बिक्री काण्डमा पुर्ब सांसद देखि बेलबारीका पुर्ब गाबिस अध्यक्ष र नेकपाका आधा दर्जन बढी नेताहरुको मिलेमोतो प्रष्ट देखिएको छ । साहारा परिवार नेपाल (सहारा बालग्राम ) को नाममा रहेको जम्मा १ विगाहा ८ कट्ठा ३ धुर जग्गा ब्यत्तिको नाममा गईसकेको छ । बि.स २०५६ सालमा भुमीहिनहरुलाई घर सहितको बासको व्यवस्था र असहाय वालवालिकालाई आश्रमको सेवा प्रदान गर्ने उद्देश्यले स्थापित सहारा सञ्चालकहरुकै स्वार्थको सिकार हुँदा अहिले अस्तित्व नै मेटिएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङमा २०५६ सालमा दर्ता भएको संस्था अमेरिकाका ड्यानी अति एलिसा हाफ्रिज र डाक्टर बाल्ट ज्यामी हार्बर टेनिशीको संयुक्त लगानीमा सहारा सञ्चालनमा आएको थियो । निर्माणमात्र नभएर सञ्चालनका लागि समेत केही वर्षसम्म विदेशी लगानी नै आइरहेको थियो । सहारा परिसरमा बनेका घरहरुमा अहिले २८ परिवार बस्दै आएका छन् । सहारा नै बिक्री भएपछि त्याँहा आश्रय लिएर बसेका २८ परिवार त्यहाँबाट विस्थापित हुने त्रासमा छन ।
यसरी सार्बजनिक सम्पत्तिको चरम दुरुपयोग गर्ने ब्यत्तिहरुलाई कानुनको दायरामा ल्याएर बिक्री भएको जग्गा फिर्ता गर्नुका साथै बिक्रीमा संलग्नहरुलाई नांगेझार पार्नु जरुरी छ । साहारामा आश्रित परिवारलाई त्रास रहित बाताबरणमा त्यहि बस्ने ब्यस्था मिलाउनुका साथै चाँडो भन्दा चाँडो बिक्री भएको जग्गा फिर्ता गर्नु जरुरी देखिन्छ ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!