- नरेन्द्र बस्नेत

बेलबारी । करिब १० बर्षअघि तत्कालीन डाँगीहाट गाबिस वडा नम्बर ४ हाल बेलबारी नगरपालिका वडा नम्बर १० मा स्थापित डाँगीहाट फुटबल क्लबको आयोजनामा यहि कार्तिक ३ देखि १० गतेसम्म तेस्रो डाँगीहाट गोल्डकप आयोजना हुने भएको छ ।


डाँगीहाट फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा ८ वटा टिमको सहभागीता रहने आयोजक क्लबका अध्यक्ष छत्र लिम्बुले जानकारी दिएका छन । प्रस्तावित डाँगीहाट रंगशाला भाउन्नेमा सञ्चालन हुने सो प्रतियोगितामा काकडभिटटा ट्रेनिङ सेन्टर झापा,चर्च ब्वाईज काठमाण्डौँ,धरान फुटबल क्लब सुनसरी,गोलबजार फुटबल टिम सिराह,आयोजक डिएफसी निलो,ब्वाईज युनियन काठमाण्डौ,पाँचथर फुटबल क्लब पाँचथर र आयोजक डिएफसी रातो सहभागी हुनेछन ।

प्रतियोगितामा बिजेताले ३ लाख १ हजार र उपबिजेताले २ लाख १ हजार रुपैया सहित ट्रफि जित्नेछन र दैनिक म्यान अफ दि म्याच,उत्कृष्ट गोलकिपर लगायत बिभिन्न ७ वटा बिधामा पुरस्कार प्रदान गरिने अध्यक्ष लिम्बुले बताए । प्रतियोगितामा कुनै प्रायोजक र सहप्रायोजक नभएपनि दाताहरुकै सहयोगबाट प्रतियोगिता आयोजना गर्न लागेको लिम्बुले बताए । प्रतियोगितामा २३ लाख खर्च र ३३ लाख अनुमानित आम्दानी हुने लिम्बु बताउँछन । प्रतियोगितामा केही बिदेशी खेलाडीहरु समेत सहभागी हुनेछन ।

खेल क्षेत्रको बिकास र खेलाडी उत्पादनका लागी तेस्रो डाँगीहाट गोल्डकप (भिडियोसहित)

खेल क्षेत्रको बिकास र खेलाडी उत्पादनका लागी तेस्रो डाँगीहाट गोल्डकप (भिडियोसहित)-छत्र लिम्बु (अध्यक्ष,डाँगीहाट फुटबल क्लब,बेलबारी १० भाउन्ने )बेलबारी । करिब १० बर्षअघि तत्कालीन डाँगीहाट गाबिस वडा नम्बर ४ हाल बेलबारी नगरपालिका वडा नम्बर १० मा स्थापित डाँगीहाट फुटबल क्लबको आयोजनामा यहि कार्तिक ३ देखि १० गतेसम्म तेस्रो डाँगीहाट गोल्डकप आयोजना हुने भएको छ । डाँगीहाट फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगिताको बारेमा आयोजक क्लबका अध्यक्ष छत्र लिम्बु सँग गरिएको कुराकानी

Gepostet von Betana daily am Montag, 14. Oktober 2019

तपाईको प्रतिक्रिया

error: Content is protected !!