लेटाङ । मोरङको लेटाङ नगरपालिकाका लेखा अधिकृत शुसिल बाँस्तोला नेपाल निजामति कर्मचारी युनियन (संघ) को केन्द्रिय सदस्यमा चयन भएका छन ।
‘संघको बिधान २०५९ को चौथो संशोधन २०७३ को दफा २३ को उपदफा १ अनुसार बाँस्तोलालाई केन्द्रिय सदस्यमा मनोनयन गरिएको संघका अध्यक्ष गोपालप्रसाद पोख्रेलले जनाएका छन ।
बाँस्तोला यसअघि संघको केन्द्रिय कोषाध्यक्षका उम्मेदवार समेत बनेका थिए । नम्र र भद्र स्वभावका बाँस्तोलाको कार्यक्षमताको बेलाबेला प्रशंषा समेत हुने गरेको छ ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!