बेलबारी । मोरङको बेलबारी नगरपालिका वडा नम्बर १ मा नगरपलिकाको स्वामित्वमा रहेको जग्गामा आधुनिक सपिङ कम्प्लेक्स निर्माणका लागि सम्झौता भएको छ ।
सपिङ कम्प्लेक्स निर्माणका लागि नगर विकास कोष र बेलबारी नगरपालिका बिच सम्झौता भएको हो । सोमबार नगर प्रमुख ज्ञानेन्द्र सुवेदी र नगर विकास कोषका प्रतिनिधि बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । २० करोड ९ लाख ८० हजार लागतमा निर्माण गर्न लागिएको उक्त कम्प्लेक्स १८ महिना भित्रमा निर्माण कार्य सक्ने लक्ष्य राखिएको नगर प्रमुख सुवेदीले बताए । सुवेदीका अनुसार नगर विकास कोषको ७० प्रतिशत सहुलियत ऋण र ३० प्रतिशत नगरपालिकाले ब्यहोर्ने गरी सम्झौता गरीएको छ ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!