बेलबारी । बेलबारीका शिक्षासेवी,समाजसेवी तथा राजनीतिक ब्यत्तित्व राजकुमार लिम्बुले निर्माणधिन बेलबारी बहुमुखी क्याम्पसलाई १० लाख रुपैँया प्रदान गरेका छन ।
मंगलबार बिहान बेलबारी ३ स्थित बेलबारी बहुमुखी क्याम्पसको निर्माणधिन भवनमा आयोजित कार्यक्रममा लिम्बुले बेलबारी नगरपालिकाका मेयर तथा सो क्याम्पस सञ्चालक समिति अध्यक्ष ज्ञानेन्द्र सुवेदीलाई चेक हस्तान्तरण गरेका हुन । सो कार्यक्रममा बेलबारी बहुमुखी क्याम्पसका प्रमुख खगेन्द्र लुँइृटेल लगायतको समेत उपस्थिति रहेको थियो ।
करिब १० बर्षअघि बेलबारीमा ईन्जिनियरिङ क्याम्पस निर्माण गर्ने योजना अनुरुप लिम्बु लगायत केही दाताहरुले सो रकम प्रदान गर्ने बचन दिएका थिए । पछि क्याम्पस निर्माण पनि नभएको र हाल बेलबारी क्याम्पसको भवन निर्माणका लागि रकम समेत आबश्यक देखेका कारण आफुले सो रकम प्रदान गरेको लिम्बुले बताए ।
कार्यक्रममा बेलबारीका राजनीतिकर्मी तथा समाजसेवी नगेन्द्र जमरकटटेलले लिम्बुको सो उदाहरणीय कामको प्रशंषा गरे । बचन दिएको तर क्यापस निर्माण नभएपनि लिम्बुले यतिका बर्ष पछि पनि यति ठुलो आर्थिक रकम सहयोग गर्नु उदाहरणीय भएको बताए । कार्यक्रममा अध्यक्ष तथा नगरप्रमुख सुवेदीले लिम्बुको सो कार्यको खुलेर प्रशंषा गरे । लिम्बुजस्ता उदाहरणीय र मनकारी ब्यत्तिको समाजमा कमी भएको समेत उनले उल्लेख गरे ।
यसअघि पनि लिम्बुले बेलबारी क्याम्पसलाई १ लाख सहयोग गरेका छन । हरेक बर्ष क्याम्पसमा अध्यायनरत बिद्यार्थीलाई आफनै खर्चबाट छात्रबृति उपलब्ध गराउँदै आएका उनले सोही क्याम्पसमा १२ बर्षदेखि निशुल्क प्राध्यापन समेत गर्दै आएका छन ।

शिक्षासेवी तथा समाजसेवी राजकुमार लिम्बुले दिए बेलबारी क्याम्पसलाई १० लाख रुपैँया (भिडियो सहित)बेलबारी । बेलबारीका शिक्षासेवी,समाजसेवी तथा राजनीतिक ब्यत्तित्व राजकुमार लिम्बुले निर्माणधिन बेलबारी बहुमुखी क्याम्पसलाई १० लाख रुपैँया प्रदान गरेका छन । मंगलबार बिहान बेलबारी ३ स्थित बेलबारी बहुमुखी क्याम्पसको निर्माणधिन भवनमा आयोजित कार्यक्रममा लिम्बुले बेलबारी नगरपालिकाका मेयर तथा सो क्याम्पस सञ्चालक समिति अध्यक्ष ज्ञानेन्द्र सुवेदीलाई चेक हस्तान्तरण गरेका हुन । सो कार्यक्रममा बेलबारी बहुमुखी क्याम्पसका प्रमुख खगेन्द्र लुँइृटेल लगायतको समेत उपस्थिति रहेको थियो । करिब १० बर्षअघि बेलबारीमा ईन्जिनियरिङ क्याम्पस निर्माण गर्ने योजना अनुरुप लिम्बु लगायत केही दाताहरुले सो रकम प्रदान गर्ने बचन दिएका थिए । पछि क्याम्पस निर्माण पनि नभएको र हाल बेलबारी क्याम्पसको भवन निर्माणका लागि रकम समेत आबश्यक देखेका कारण आफुले सो रकम प्रदान गरेको लिम्बुले बताए । कार्यक्रममा बेलबारीका राजनीतिकर्मी तथा समाजसेवी नगेन्द्र जमरकटटेलले लिम्बुको सो उदाहरणीय कामको प्रशंषा गरे । बचन दिएको तर क्यापस निर्माण नभएपनि लिम्बुले यतिका बर्ष पछि पनि यति ठुलो आर्थिक रकम सहयोग गर्नु उदाहरणीय भएको बताए । कार्यक्रममा अध्यक्ष तथा नगरप्रमुख सुवेदीले लिम्बुको सो कार्यको खुलेर प्रशंषा गरे । लिम्बुजस्ता उदाहरणीय र मनकारी ब्यत्तिको समाजमा कमी भएको समेत उनले उल्लेख गरे । यसअघि पनि लिम्बुले बेलबारी क्याम्पसलाई १ लाख सहयोग गरेका छन । हरेक बर्ष क्याम्पसमा अध्यायनरत बिद्यार्थीलाई आफनै खर्चबाट छात्रबृति उपलब्ध गराउँदै आएका उनले सोही क्याम्पसमा १२ बर्षदेखि निशुल्क प्राध्यापन समेत गर्दै आएका छन ।

Gepostet von Betana daily am Dienstag, 14. Juli 2020

तपाईको प्रतिक्रिया

error: Content is protected !!