विश्वमा बिगत ४ महिनादेखि महामारीको रुप लिएको कोरोना (कोभिड १९ ) को महामारीबाट विश्व आक्रान्त छ । नेपालमा पनि रोगको नियन्त्रण र रोकथामका लागि ४ महिनादेखि लकडाउन छ । सबै क्षेत्रमा यसको असर ब्यापक रुपमा छ । अझ सञ्चार क्षेत्रमा यस्को असर नहुने कुरै भएन । अधिकांश छापा माध्यायम बन्दकै अबस्थामा छन । रेडियो,टेलिभिजन,अनलाईन सबै सञ्चारमाध्यायममा कोरोनाको असर परेको छ । सञ्चालनमा रहेको सञ्चारमाध्यायम समेत धराशायी अबस्थामा रहेका छन । सञ्चारमाध्यायमहरुले यस्तो बिषम परिस्थितिमा पनि कुनै न कुनै माध्यायमबाट सुचना प्रबाह गर्ने हिम्मत बटुलिरहेका छन । यहि बिचमा बेतना दैनिक र बेभसाईटमार्फत धधध।दभतबलबमबष्थि।अयm ले समेत बिगत ६ बर्षदेखि निरन्तर खबरदारी र सुचना प्रबाहमा आफनो जिम्मेवारी निर्बाह गरिरहेको छ । अझ यस बिषम परिस्थितिमा अझ जिम्मेवार भएर नागरकिलाई सुचना प्रबाह गर्न प्रतिबद्ध भएर लागिरहेको छ ।
दैनिक सुचना प्रबाह सँगै निरन्तर खबरदारी गर्दै यस दैनिकले आज २०७७ साउन १ गतेबाट ५ बर्ष पुरा गरि छैठौँ बर्षे यात्रा तय गरेको छ । मोफसलबाट दैनिक पत्रिका प्रकाशन गर्नु फलामको चिउरा चपाउनु भन्दा सहज पक्कै छैन । सुचना संकलनदेखि सम्पादन र प्रकाशन हुदै बितरण सम्म गर्दा भोग्नुपर्ने पिडा र चुनौति कुनैपनि युद्धमा होमिएको सिपाहीको भन्दा कम छैन । त्यसै पनि ग्रामिण क्षेत्र त्यसमाथि आर्थिक कठिनाई र त्यसबिचमा भोग्नुपर्ने समस्याहरु सधै चुनौतिका पहाड बनेर उभिँदा त्यो पहाड छिचोलेर सुनौलो बिहानी ल्याउने अभियानमा होमिएका अभियानकर्मीहरुका लागी त्यो पहाड छिचोल्न भोग्नुपर्ने पिडा प्रश्रव बेदनामा छटपटिएकी एउटा आमालाई भन्दा कम छैन । यहि चुनौतिका पहाडहरु छिचोल्दै बेतना दैनिक आजबाट छैठौँ बर्षमा प्रबेश गरेको छ ।
त्यो बेला जतिबेला हामी यस क्षेत्रबाट पहिलोपटक दैनिक पत्रिका प्रकाशन गर्ने जमर्को गर्दैथियौँ । त्यसबखत हिम्मत गर्नु नै ठुलो बिषय थियो । पुर्वोत्तर मोरङको उर्लाबारी पश्चिम र सुनसरीको ईटहरी पुर्वको पहिलो र एकमात्र दैनिकका रुपमा निरन्तर पत्रिका प्रकाशन गर्न र स्थापित हुन पक्कै पनि सहज थिएन । भएका केही साप्ताहिक पत्रिका समेत आर्थिक कठिनाई र कमजोर ब्यबस्थापनका कारण बन्द भईसकेका थिए । त्यही बिचमा हामीले दैनिक पत्रिका प्रकाशन गर्ने अटोठ गरेका थियौ । . जुन कार्यले आजबाट छैठौ बर्ष प्रवेश गर्न सफल भएको छ ।
अनगिन्ती चुनौतीहरुका बिच अनेकौँ समस्यारु सँग पौठेजोरी खेल्दाखेल्दै कति चाँडै ५ बर्ष बितेछ,हामीले पत्तो नै पाएनौँ । अदक्ष जनशत्ति,आर्थिक अभाव, बजारमा समयमै पत्रिका पुग्नुपर्ने बाध्यता र अन्य पत्रपत्रिका भन्दा भिन्न ग्रामिण भेगका ओभलेलमा परेको सुचनाहरु सँगै यहाँका समस्याहरु उजागार गनुपर्ने कर्तब्यबोध हाम्रा लागी मुख्य चुनौतिका पर्खाल बनेर उभिएका थिए । तरपनि हामीले हार खाएनौँ । निरन्तर, निष्पक्ष र निडर भएर हामीले उठाएको जिम्मेवारी पुरा गर्नका लागी हामीले हरतरहले मेहनत गरि नै रहयौँ र गरिरहने छौँ । बर्षौदेखि स्थानीय सुचनाको भोकले तिर्खाएका पाठकरुका लागी स्थानीय सुचना सकेसम्म छिटो र सत्य तथ्य रुपमा प्रस्तुत गर्नका लागी हामीले रातदिन नभनी हरतरहले प्रयास गर्यौ । त्यो केही हदसम्म सफल पनि भएको छ भन्ने हाम्रो बुझाई छ । हामीले २०७२ सालको श्रावण १गतेबाट बिधिवत रुपमा बेतना दैनिकको प्रकाशन आरम्भ गरेका थियौँ । सुचना र प्रबिधिको रफ्तार सँगै फडको मार्ने क्रममा हामीले स्थानीय सुचनालाई पहिलो प्राथमिकतामा राखेर समाचाररु प्रबाह गर्ने कोशिष गर्यौ । राष्ट्रिय स्तरका सञ्चारमाध्यायमरुको आँखामा नपरेका सुचनारुलाई प्रभाबकारी रुपमा हामीले जनताको माझमा पुर्याउने कोशिष गर्यौ । हरेक सुचनामा त्यस भित्रको संबेदनशिलतालाई समेत मध्यनजर गर्दै सत्य र तथ्य समाचारहरु जनताको घर आँगनमा पुर्याउने कुरामा हामीले कहिले कोहीसँग सम्झौता गरेनौँ ।
यो अबधिमा हामीले थोरै भएपनि पाठकको मनोभाबना ब’झने मौका पायौँ । यो नै हाम्रो लागी सबैभन्दा ठुलो सम्पत्ति हो । पाठकहरु के चहान्छन र उनीहरुको रुचि कुन प्रकारको छ,हामीले उहाँहरुको रुचि अनुसार चल्न सक्यौँ या सकेनौँ र आगामी दिनमा कसरी हामी अझै प्रभाबकारी रुपमा यस क्षेत्रको सुचनाको असली पहरेदारका रुपमा अगाडी बढनु पर्छ भनेर हामीलाई हाम्रा श’भचिन्तक र पाठकरुबाट पनि थुप्रै स’झाब र सल्लाहहरु प्राप्त भएका छन । यसले हामीलाई थप हौसला प्रदान गरेको छ । एउटा बालक जन्मदैँमा परिपक्क बन्दैन, ऊ यस धर्तीमा आएपछि समयक्रम अनुसार हरेक कुराहरु सिक्दै जान्छ र समयक्रम सँगै परिपक्क बन्छ ,त्यसैगरी हामी पनि भर्खर यो क्षेत्रमा बामे सर्ने प्रयास गर्दैछौ । हामी पनि सिक्दैछौँ,हामीले सिक्न अझ धेरै बाँकी छ ।
यस बिचमा हामीबाट पनि थ’प्रै गल्ति कमजोरीहरु पनि भएका हुनसक्छन । ती कमिकमजोरीबाट पाठ सिक्दै आगामी दिनमा थप परिष्कृत बन्दै अगाडी बढने हामी प्रण समेत गर्दछौँ । शुरुवाती दिनहरुमा पत्रिका प्रकाशन गर्नु हाम्रा लागी कम चुनौतिपुर्ण थिएन । यस भेगका जनताले कुनैपनि सुचनाका लागी अन्यत्रका सञ्चारमाध्यामका भर पर्नुपर्ने र सुचनाको पहुँचबाट सधैँ टाढा हुनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै यस भेगबाट बिगतमा प्रकाशन भएका केही सञ्चारमाध्यायमहरु बन्द भईसकेका र केही संकटपुर्ण अबस्थामा प्रकाशन प्रशारण भईरहेका उदाहरण हामी सँग हुँदाहुँदै पनि हामीले एउटा जोखिम मोल्ने निर्णयमा पुग्यौँ र यस दैनिकको प्रकाशन आरम्भ भएको थियो ।
यतिबेला हामीलाई जति खुसी र गर्व लागेको छ त्यसले यसबिचमा हामीले पाएका सारा दुख कष्टहरुलाई भुलाईदिएको छ,तिनै चुनौतिबाट पाठ सिक्दै अब हजारोँ अंकहरु प्रकाशन गर्न हामीलाई नयाँ उर्जा समेत प्राप्त भएको छ । त्यो उर्जा हाम्रा पाठक, बिज्ञापनदाता, लेखक र श’भचिन्तकहरुको माया र साथले भएको हो भन्नु न्यायोचित होला । नेपालमा सधै ठुला र राष्ट्रिय स्तरका भनिएका पत्रिकाहरु मात्र पढनुपर्ने बाध्यता र उनीहरुले मोफसललाई हेर्ने दृष्टिकोणबाट आर्जित बनेका पाठकहरु मोफसलका कुनैपनि घटनाहरुले समाचारका रुपमा त्यस्ता सञ्चारमाध्यायममा ठाँउ नपाउँदाको पिडा पाठकका लागी सधै अरुचिका बिषय बनिरहे पनि स्थानीयस्तरमा एउटा भरपर्दो सञ्चार माध्यायमको बिकास नहुँदा साँच्चै पाठकलाई कति पिडा भएको थियो त्यो हामीले भित्री ह्दयदेखि नै मनन गरेका थियौँ ।
बेतना दैनिक प्रकाशन आरम्भ भएपछि मोफसलमा बस्ने पाठकहरुले थोरै भएपनि त्यो कुरामा राहत महसुश गरेका हामीले ठानेका छौँ । स्थानीयस्तरमा हुने गरेका घटना, परिघटना नै हाम्रो समाचारका मुख्य स्रोतहरु हुन । यिनै स्रोतहरुलाई उपयोग गर्दै हामीले पत्रिका प्रकाशन आरम्भ गरेका थियौँ । त्यसैले यति छोटो समयमा हामी यस भेगका जनताको ढुकढुकी बन्न सफल भयौँ । हामी यस मानेमा औधी खुसी छौँ कि हामीले गरेका सानो गल्तिमा पनि हाम्रा सचेत पाठकहरुले हामीलाई सम्पर्क गर्नुहुन्छ अनि गल्ति देखाईदिनुहुन्छ । त्यसबाट पाठ सिक्दै हामी आगामी दिनमा कमजोरी नगर्ने र भएका कमीकमजोरीलाई सच्याउँदै अघि बढने प्रण गर्दैै अगाडी बढछौ। त्यस्ता सचेत पाठककहरुकासाथले हाम्रो ५ बर्षको यात्रा पुरा भएको छ ।
पाठकहरुलाई सुचनाको पहुच पुर्याउने उद्धेश्यका साथ हामीले जुन काम थालनी गरेका थियौँ त्यसमा यस भेगका जनताको उल्लेखनिय साथ, सहयोग रहयो त्यसकारण पनि हामीले ५ बर्षको यात्रा पार गरेका छौँ । यो यात्रा हाम्रा लागी कम चुनौतिपुर्ण थिएन तरपनि हामीले हार मानेनौ, एकसाथ डटिरहयौँ त्यसैले हामी आज यहाँसम्म आईपुग्न सफल भएका छौँ । स्थानीय स्तरमा भएका र हुनेगरेका बिभिन्न घटना र परिघटनालाई समेटदै ओझेलमा रहेका र पारिएका बिभिन्न बिषयबस्तुलाई आवाजबिहिनहरुको आवाजका रुपमा हामीले सधै पत्रिकाका मार्फतबाट हाम्रा पाठक सामु पस्किने कोशिष गर्यौ । त्यसमा हामी केही हदसम्म सफल पनि भएको महशुस गरेका छौँ । सत्य कुरालाई निडरताका साथ हामीले पाठकसामु पुर्याउने कोशिष गर्यौ। त्यसबिचमा हामीमाथि पटक पटक धम्की र हमलाको प्रयास पनि नभएको होईन । आफु अनुकुल नह’ँदा पत्रिका जलाउने धम्की देखि आफनो अनुकुल नभए जे पनि गर्ने धम्की हाम्रा लागी सामान्य थिए । हामी समाज परिबर्तनको नारा लिएर हिँडेका थियौँ । त्यस्ता धम्की हाम्रा लागी सामान्य भए । जति धम्की आउँथे त्यति नै हामी आफ’माथि जिम्मेवारी बढेको महशुस गर्दथ्यौ ।
त्यस्ता धम्कीले हामीलाई अझ मजबु’त बन्न प्रेरित गर्दथ्यो । यसको मतलब हामी सबैभन्दा सबल र सक्षम भन्ने होर्ईन तथापि गलत काम गर्नेका बिरुद्ध आवाज उठाउँदा हामीमाथी आक्रमणको प्रयास हुनु स्वभाबिक थियो । किनकी आफना कमीकमजोरी स्वीकार गर्न अहंकारले भरिएका ब्यत्तिहरुलाई निकै कठिन पर्छ । यसबिचमा हामीबाट पनि कमीकमजोरी भएका छन । हामीले पनि कमजोरी गरेका छौँ । काम गर्दा पक्कैपनि कमजोरी हुन्छ । कमजोरी हुन्छ भनेर काम नै नगर्नु कायरता हो । अरुको अस्तित्व स्वीकार गर्न नसक्ने र समाज परिबर्तनका लागी बाधक बन्नेहरु समाजमा नभएका होईनन । पत्रिका प्रकाशन गर्न सफल हुनुमात्र सबैथोक होईन । अब हाम्रा लागी यो पत्रिकालाई निरन्तरता दिँदै थप परिष्कृत गर्दै लैजानु थप चुनौतिपुर्ण छ । हामीले यस भेगका आवाजबिहिन हरुको आवाज बन्दै हाम्रो आगामी यात्रा तय गर्ने यस भेगका नागरिकको सुचनाको संबाहक बन्ने अभिभारा हामीमाथि छ ।
हामीले कुनै दल बिशेष,ब्यत्ति बिशेषको भजन गाएका छैनौँ । कुनै पार्टीको झण्डा मुनि बसेर भजन गाएका छैनौँ । त्यसैले हाम्रा पाठकले हामीलाई माया गर्नुभएको छ ,साथ दिनुभएको छ । यो साथ र भरोसालाई हामीले टुटायौँ भने हाम्रो पत्रकारिताको औचित्य रहन्न त्यसैले हामी यसरी नै हाम्रा पाठक र शुभचिन्तकको भरोसालाई टुटन नदिने प्रण समेत गर्दछौ । हामीले हाम्रो पत्रिकालाई संसारभरका पाठक र शुभचिन्तकहरु सँग जोड्नका लागी पत्रिका प्रकाशन आरम्भ गरेदेखि नै सामाजिक सञ्जाल मार्फत बिश्वभरका पाठकहरुलाई जोडने उद्धेश्यका साथ फेसबुक पेज सञ्चालन गरिरहेका थियौँ । गत बर्षदेखि पाठकहरुको सहजताका लागी धधध.दभतबलबमबष्थि.अयm नामक बेभसाईट र यस क्षेत्रका श्रब्यदृश्य सामाग्री प्रसारणका लागी द्यभतबलब तख प्रकाशन र प्रसारणमा ल्याएका छौँ । डिजिटल युग सँगै हामी पनि प्रबिधिमैत्री बन्दा हाम्रा पाठक र शभचिन्तकहरुका लागी थप सहज भएको हामीले महशुस गरेका छौँ ।
बिश्वभर छरिएर बस्नुभएका यस क्षेत्र र देशका अन्य भागका हाम्रा पाठकहरुले हामीलाई देखाउनुभएको माया, सदभाव र हौसलाले हामीलाई अघि बढन थप प्रेरणा प्रदान गरिरहेको छ । हामी आगामी दिनमा प्रबिधिको समेत उपयोग गर्दै पत्रिकालाई थप बिस्तार गर्ने तयारीमा समेत जुटेका छौँ । शोषित,पिडित र आवाजबिहिनहरुका पक्षमा हाम्रो कलम सदासर्वदा चलिरहने छ । यस क्रममा हामीलाई साथ दिएर अगाडी बढाउने पत्रिकाको प्रकाशन समुहका पदाधिकारीहरु, सम्पादन शाखा, बितरण शाखा, बिज्ञापन शाखाका सम्पुर्ण सहकर्मीहरु साथै पाठक, बिज्ञापनदाता, शुभचिन्तकहरु प्रति आभारी छौँ । आगामी दिनमा पनि यहाँहरुको साथ र सहयोगको अपेक्षा गर्दछौँ । हामी आगामी दिनमा निरन्तर आवाजबिहिनहरुको आवाज बन्दै ग्रामिण भेगका झुपडीहरुमा समेत सदैव आशाको दियोका रुपमा बलिरहने प्रण गर्दछौँ । हाम्रो यो अभियानमा साथ सहयोग गर्ने सम्पुर्ण महानुभावहरुप्रति यो साथ र सहयोग,हौसला र प्रेरणाका लागि हार्दिक नमन गर्दछौँ ।
– नरेन्द्र बस्नेत (सम्पादक । प्रकाशक)

तपाईको प्रतिक्रिया