बेलबारी। मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा बिगत ४ बर्षदेखि सञ्चालन हुँदै आएको बुद्ध एअर बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप यसपटक नहुने भएको छ ।
विश्वमा फैलिएको कोभिड १९ का कारण गोल्डकप यस बर्षका लागि स्थगित भएको आयोजक डाँगीहाट युथ क्लबका अध्यक्ष बिक्रम बान्तावा राईले जानकारी दिए । हरेक बर्ष असोजको पहिलो साता सञ्चालन हुँदै आएको गोल्डकप सञ्चालन गर्न नपाउँदा दुःख लागेको राईले बताए ।
उनले अर्को बर्ष गोल्डकप आयोजना हुने र यसबिचमा पनि कोरोना भाईरस कम भएपछि अन्य साना प्रतियोगिताहरु आयोजना गरिने उनले बताए । यस क्षेत्रमै सर्बाधिक राशिको सो गोल्डकप धेरैले चर्चा र चासोका रुपमा हेरिरहेका बेला प्रतियोगिता स्थगित गरिएको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!