- नरेन्द्र बस्नेत

बेलबारी । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९ ) का कारण यतिबेला विश्व समुदाय आक्रान्त छ । नेपालमा पनि कोरोनाको संक्रमण बढेपछि सरकारले २०७६ चैत ११ गतेबाट लकडाउन गर्यो । ४ महिना सम्म सामान्य अबस्था देखिएपनि लकडाउन खुलेपछि संक्रमितको संख्या र मृत्युदर हवात्तै बढयो । लकडाउन खुलेको दुई साता नबित्दै नेपालमा कोरोना संक्रमितको संख्याले डाँडो काटयो भने मृत्यु हुनेको संख्या समेत १ सय क्रस गर्यो ।
संक्रमितको संख्या बृद्धि भएसँगै केन्द्र सरकारले आबश्यत्ता अनुसार लकडाउन गर्ने अधिकार प्रदेशलाई दिएपछि प्रदेशले सो अधिकार सथानीय तहलाई सुम्पियो । बिगत एक साताअघि देखि अधिकांश स्थानीय तहहरुमा लकडाउन छ भने कतिपय स्थानीय निकायमा निषेधाज्ञा समेत जारी गरिएको छ ।
स्थानीय निकायहरुले पनि सकेसम्म कोरोना रोकथाम र नियन्त्रणका लागि प्रयास गरिरहेका छन । विश्वका शत्तिशाली भनिएका मुलुकहरुले समेत नियन्त्रण गर्न नसकेको र औषधि समेत निर्माण भईनसकेको अबस्थामा स्थानीय निकायले गर्ने भनेको सावधानी मात्रै हो । आफना नागरिकलाई सुसुचित गराएर साबधानी अपनाए मात्र पनि यो रोगबाट बच्न सक्ने कुरा आम मानिसहरुलाई बुझाउन सकिए मात्र पनि कोरोनाबाट बच्न सकिन्छ ।
कोरोनाबाट बच्नका लागि भिडभाडमा नजाने,जानै परे दुरी कायम गर्ने,माक्सको नियमित प्रयोग गर्ने,हात धोईराख्ने,सेनिटाईजरको प्रयोग गर्ने,तातोपानी नियमित खाने लगायतका सामान्य कुराहरु ख्याल गर्नसके मात्र पनि कोरोनाबाट बच्न सकिन्छ । कोरोनाबाट हामी बच्नु भनेको नै आफनो परिवार,समुदाय अनि देश बचाउनु हो । तसर्थ हामी सबैले साबधानी अपनाउनु आबश्यक छ ।
बेलबारी नगरपालिकामा समेत पछिल्लो एक सातायता कोरोना संक्रमणको त्रास देखिएको छ । बेलबारीमा हालसम्म ५ सय ब्यत्तिहरुको परिक्षण गर्दा १८ जनामा कोरोना पुष्टि भईसकेको छ । सोमबार एकैदिन एकै परिवारका ८ सहित १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि बेलबारीमा समेत खतराको घण्टी बजेको छ । समुदायमा कोरोना फैलिईसकेको अबस्थामा हामी कोही पनि सुरक्षित छैनौँ भन्ने कुराको पुष्टि भईसकेको छ ।
बेलबारीमा क्वारेन्टिनमा भारत लगायत अन्य मुलुकबाट आएर बसेका ५ जना,एक जना सवास्थ्यकर्मी,१ जना प्रहरीका सई र ११ जना बेलबारी १ र २ का स्थानीयमा कोरोना पुष्टि भईसकेको छ । प्रहरी लगायत केही शंकास्पद ब्यत्तिहरुको पिसिआर रिपोर्ट आईनसकेका कारण यो संख्या अझै बढने लगभग निश्चित छ । समुदायमा कोरोना फैलिईसकेका कारण हामी सबै असरक्षित छौँ भन्ने कुराको पुष्टि भईसकेको छ ।
भनिन्छ रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै बेश,भलै बेलबारीमा कोरोना संक्रमणका कारण कसैको मृत्यु भएको छैन । यदि त्यो दिन आयो भने अबस्था झन भयावह हुनसक्छ र त्यो दिन नआउला भन्न पनि सकिन्न । तसर्थ हामी सबैले आफु,आफनो परिवार र समाजलाई सुरक्षित राख्न लकडाउनको पुर्ण पालना गर्नु पहिलो प्राथमिकता हो । हामी आफुलाइृ कोरोना लागेको छैन भनेर बिनाकाम पनि बाहिर निस्किएर हिँडिरहेका छौँ । तसर्थ हामी जानीजानी काललाई निम्ता दिईरहेका छौँ । यस्तो कार्य हामी सबैले तत्काल रोक्नुपर्छ ।
बेलबारी नगरपालिकाले लकडाउन घोषणा गरेपनि बैँक लगायत केही कार्यलयहरु खोल्न छुट दिँदा त्यस्ता कार्यलयमा अत्याधिक भिडभाड हुने र त्यहिबाट संक्रमणको जोखिम उच्च हुने भएका कारण तत्काल बैँक लगायत खुल्ला भएका कार्यलयहरु बन्द गरिनपर्छ । साथै बिनाकाम सडकमा निस्किने र अनाबश्यक हिँडडुल रोक्न निषेधाज्ञा जारी गरिनु आबश्यक छ । एक ब्यत्तिका कारण सयौँ ब्यत्तिको ज्यान जोखिममा भएका कारण हामी सबैले एकपटक सोच्ने बेला भएको छ । केही दिन हामीले लकडाउनको पुर्ण पालना गर्दा हामी सबै सुरक्षित हुन्छौँ भने हामी किन त्यसो नगर्ने ?
नगरपालिका र स्थानीय प्रशासनले पनि लकडाउन घोषणा गरेको छ भनेर ढुक्कका साथ नबसौँ,लकडाउनको पालना भएको छ,या छैन,नागरिकहरु सुरक्षित छन या छैनन,भयावह अबस्था सिर्जना भयो भने नागरिकलाई बचाउन के गर्न सकिन्छ ? त्यसको पुर्बतयारीका साथ बस्नु आबश्यक छ । स्थानीय पालिका सबै नागरिकहरुको साझा घर हो र जनप्रतिनिधि साझा अभिभावक हुन । तसर्थ सबै नागरिकको सुरक्षाका लागि साबधानी अपनाऔँ र बिषम परिस्थितिको सामना गर्न पुर्बतयारी समेत गरौँ । यो जटिल अबस्थामा हामी सबै एक भई सामना गर्न तयारी अबस्थामा रहौँ । सकेसम्म रोग लाग्नबाट बाँचौ र अरुलाई पनि बचाऔँ ।

 

तपाईको प्रतिक्रिया

error: Content is protected !!