- नरेन्द्र बस्नेत

बेलबारी । विश्वमा महामारीको रुप लिएको कोरोना संक्रमण (कोभिड १९) बाट कुनै देश,स्थान र ब्यत्ति अछुतो हुने कुरै भएन । मोरङको बेलबारी नगरपालिकामा समेत कोरोनाको प्रत्यक्ष प्रभाव देखिएको छ । बेलबारीमा हालसम्म ६ सय बढीको पिसिआर परिक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको अबस्था छ । समुदायमा समेत कोरोना देखिएपनि कन्टयाक्ट ट्रेसिंगमा भने समुदायमा खासै कोरोना फैलिई सकेको देखिएको छैन । तथापि ढुक्क भएर बस्ने अबस्था भने पक्कै पनि छैन । बेलबारी नगरपालिकाले कोरोना भाईरसको रोकथाम र नियन्त्रणका लागि शुरुदेखि नै प्रयास गरेको देखिन्छ । नगरपालिकाले गरेको प्रयास र कोरोना भाईरसको संक्रमण बेलबारीमा कसरी शुरु भयो भन्ने कुराको शुरुमा चर्चा गर्नु उपर्युत्त होला ।

नगरपालिकाले के के काम गर्यो ?
१.प्रदेश १ मै पहिलोपटक २०७६ चैत्रमा बेलबारी नगरपालिकाले नयाँ नगरपालिकाको भवनमा आईशोलेसन निर्माण गर्यो ।
२. सम्भावित जोखिम न्युनिकरणका लागि चैत्र महिनामै बेलबारी नगरपालिकाले कोभिड १९ का लागि राहत कोष निर्माण गर्यो ।
३.बेलबारीमा भारत तथा तेस्रो मुलुकबाट आएका ब्यत्तिहरुलाई राख्नका लागि बलुवाहीस्थित धिरनाथ संफुल बिश्वास माविमा (होल्डिंग एरिया) निर्माण गर्यो ।
४. २०७७ साउन महिना शुरु भएपछि नगरपालिकाले पिसिआरको दायरा बढायो ।
५.फ्रन्टलाईनरहरु (प्रहरी,पत्रकार,स्वास्थ्यकर्मी,बिभिन्न सरकारी कार्यलयका कर्मचारी) को पिसिआर परिक्षण समेत पहिलो चरणमा नगरले गर्यो ।
६. बेलबारी नगरपालिकाको १ र २ नम्बर वडामा कोरोना संक्रमित बढेपछि बेलबारी २ स्थित बागदेबी सामुदायिक बन समुहको भवनमा आईशोलेसन निर्माण ।

बेलबारीमा कसरी शुरु भयो कोरोना ?
शुरुमा भारतबाट आएर क्वारेन्टिनमा बसेका बेलबारीका बिभिन्न वडाका ब्यत्तिहरुको परिक्षणका क्रममा ५ जनालाई कोरोना पुष्टि भयो । त्यसपछि समुदायमा पहिलोपटक बेलबारी २ का एक युवामा कोरोना संक्रमण पुष्टि भयो । लगत्तै ईलाका प्रहरी कार्यलय बेलबारीमा कार्यरत एकजना सई र बेलबारी ५ मा कार्यरत एकजना स्वास्थ्यकर्मीमा कोरोना देखियो ।
त्यसपछि नगरपालिकाको स्वास्थ्य शाखा थप चनाखो बन्यो र पिसिआरको दायरा बढायो । सोही क्रममा कन्टाक्ट ट्रेसिंगका क्रममा बेलबारी १ र २ का १० जनामा एकैपटक कोरोना पुष्टि भएपछि नगरपालिका थप संकटमा पर्यो । एकप्रकारको आतंक नै सिर्जना भयो । त्यसपछि उनीहरुको सम्र्पकमा रहेका ब्यत्तिहरुको पिसिआर गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । समुदायमा कोरोना फैलिएको जुन त्रासको अबस्था थियो । पछिल्लो रिपोर्टले केही हदसम्म भएपनि त्यो त्रास मेटाएको छ । तरपनि कोरोनाको त्रास अझै बाँकी रहेको नगरपालिका स्वास्थ्य शाखाका  कर्मचारी सन्तोष बिक बताउँछन । कोरोनाको रिपोर्ट नेगेटिभ आयो भन्दा पनि कतिले बिश्वास गर्न छोडेको उनी बताउँछन ।

नगरपालिकाले के चाँहि गरेन ?
बेलबारी नगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि शुरुदेखि गरेका प्रयासहरु महत्वपुर्ण छन । नगरपालिका साझा घर र जनप्रतिनिधि अभिभावक भएका कारण नगरबासीहरुले उनीहरुसँग अपेक्षा गर्नु स्वभाबिक पनि हो र गर्नु पनि पर्छ । नगरपालिकाले कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि लकडाउन घोषणा गरेपनि सो प्रभावकारी देखिएन । भिडभाड र अनाबश्यक हिँडडुल कायमै देखिन्छ । सबै वडा र क्षेत्रमा सेनटाईज गर्नुपर्ने भएपनि बजारका केही स्थानमा सेनिटाईज गरेर झारो टार्ने काम गरेको देखिन्छ । स्वास्थ्य शाखा बढी सक्रिय भएपनि केही जनप्रतिनिधि बाहेक अन्यको भुमिका शुन्य नै देखिन्छ ।
प्रदेशमै पहिलो दाबी गरिएको आइृशोलेसन प्रचारमुखी भएको र प्रयोगमा नआएको ब्यापक जनगुनासो छ । कोरोना संक्रमित ब्यत्तिहरु ठाँउको अभावमा घरमै रहेको र उनीहरुको पर्याप्त हेरबिचारमा समेत कमी भएको देखिन्छ । अभिभावक भएपनि आफनो भुमिका निर्बाह गर्न नगर चुकेको अबस्था देखिन्छ ।

नगरपालिकाले के गर्नुपर्छ ?
महामारीको जोखिम कम गर्न सबैभन्दा पहिला त नगरपाकिलाले सबै वडामा सेनटाईज गर्नुपर्छ । पिसिआर परिक्षणको दायरा बढाएर सबै सर्बसाधारणको पिसिआर गर्ने ब्यबस्था मिलाउनु पर्छ । घरमै रहेका कोरोना संक्रमितको उचित स्याहार र ब्यबस्थापनमा ध्यान दिनुपर्छ । नाम मात्रको आइृशोलेसनलाई प्रयोगमा ल्याउनु उचित होला । सबै नागरिकहरुलाई समान ब्यबहार गर्दै सबै बर्ग र क्षेत्रसँग हातेमालो गरेुर अघि बढदा उचित होला । कोरोना राहत कोषमा जम्मा भएको रकमको हिसाब किताब सार्बजनिक गर्नु समेत उत्तिकै आबश्यक छ । राहत कोष शुरु भएको ५ महिना बितिसक्दा समेत आय र ब्यय सार्बजनिक भएको छैन । आयब्याय सार्बजनिक गरी विश्वब्यापी रुपमा फैलिएको कोभिड १९ को सामना गर्न हामी सबै एकजुट हुनु र सावधानीका उपाय अपनाउनु जरुरी छ ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!