बेलबारी । यूएईको सारजाहमा मोरंग बेलबारीका एक युवकसहित दुई जना नेपालीको रहस्यमय मृत्यु भएको छ ।  मोरङको बेलबारी वाड नंम्बर ३ का २७ वर्षका किरण गुरुङ र तनहुँ भगवतीपुर ७ का ३६ वर्षका मंगलराज श्रेष्ठको मृत्यु भएको हो ।

श्रेष्ठको पहिचान खुले पनि गुरुङको पहिचान भने खुल्न सकेको थिएन । सारजाहका विभिन्न सञ्चार मध्यद्वारा दुई जना नेपालीको मृत्युबारे समाचार सार्वजनिक गरिएको थियो ।  यूएईमा रहेको नेपाली दूतावासले श्रेष्ठको मात्र पहिचान भएको तर गुरुङको पहिचान नखुलेको समाचार सार्वजनिक भएको थियो । अहिले दूतावासले पहिचान नखुलेको मृतक युवक किरण गुरुङ भएको पुष्टि गरेको छ ।
तर किरण गुरुङको मृत्युबारे परिवारले भने ९ दिन पछि मात्र थाह पाएका छन् । मृतक किरण बेलबारी वाड नम्बर ३ निवासी ४९ वर्षीय झनसिंह गुरुङ र ४७ वर्षीय नरमाया गुरुङका एक्लो छोरा हुन । उनको १९ वर्षकी एक बहिनी पनि छिन । परिवारका अनुसार घर खर्च धान्नुको साथै बहिनी एलिसालाई किरणले पढाइ रहेका थिए ।
साउन २४ गते दुवैको मृत्यु अवस्थामा शव फेला परेको यूएइको स्थानीय सञ्चार माध्यमले समाचार सार्वजनिक गरेको थियो । दुई जना बिचको विवाद पछि धारिलो हतियारको प्रहारबाट मृत्यु भएको भन्ने गल्फ न्युजमा उल्लेख छ । दुवैको शरीर भरी धारिलो हतियारको चोट भेटिएको उल्लेख गरिएको छ । प्रारम्भिक अनुसन्धानमा आपसी विवादमा एक अर्काको हत्या गरी दुई जनाको मृत्यु भएको देखिए पनि थप अनुसन्धान भइरहेको र घटनामा संलग्न आशंकामा केही पक्राउ परेको गल्फ न्युजमा उल्लेख छ ।
तर किरणका परिवार भने एक आपसको विवादले नभएर अरूले नै हत्या गरेको हुन सक्ने आशंका गर्छन । किरणको हत्या भएको भन्दै न्याय दिलाउन परिवारले नेपाल सरकारलाई आग्रह रहेको छ । २० वर्षको कलिलो उमेरमा वैदेशिक रोजगारमा बहराइन पुगेका गुरुङ केही महिना अघि मात्र सारजाहा पुगेका थिए ।

तपाईको प्रतिक्रिया