- नरेन्द्र बस्नेत

बेलबारी । विश्वमा महामारीको रुप लिएको (कोभिड १९) कोरोना भाईरसको संक्रमण यतिबेला बेलबारीमा समेत भुसको आगो झै फैलिन थालेको छ । पछिल्लो एक महिनाको अबधिमा मात्र नगर क्षेत्रभित्र २३ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ । करिब १ हजार जनाको परिक्षण गर्दा यति ठुलो संख्यामा कोरोना संक्रमण देखिनु चानचुने बिषय होईन । सरसर्ती हेर्दा बेलबारीको पछिल्लो तथ्यांकले बेलबारीमा तिब्र रुपमा संक्रमण फैलिईरहेको देखाउँछ ।
१. भारत लगायत तेस्रो मुलुकबाट आएकाहरुलाई क्वारेन्टाईनमा राखि गरिएको परिक्षणमा ५ जनामा कोरोना पुष्टि भयो ।
२.साउनको दोस्रो सातातिर बेलबारी २ का एक पुरुषमा समुदायमा पहिलोपटक कोरोना पुष्टि भयो ।
३.साउनको तेस्रो सातातातिर बेलबारी ५ मा कार्यरत एक महिला स्वास्थ्यकर्मी र ईलाका प्रहरी कार्यलय बेलबारीमा कार्यरत एक सईमा कोरोना संक्रमण देखियो ।
४.कन्टयाक्ट ट्रेसिंगका क्रममा साउन अन्तिम साता बेलबारी १ र २ नम्बर वडाका १० जनामा कोरोना पोजेटिभ देखियो ।
५.भदौ पहिलो साता बेलबारी ११ का एक पुरुष काम गर्न गएको बेला सुनसरीको दुहबीमा परिषण गराउने क्रममा कोरोना पोजेटिभ देखियो ।
६.भदौ ८ गते बेलबारी ५ की एक बृद्धा र बेलबारी ३ का एक कर्मचारीमा कोरोना पुष्टि भयो ।
७. भदौ ९ गते बेलबारी ४ धरहराका एकै परिवारका ३ जनामा कोरोना पोजेटिभ देखियो ।
यी माथिका तथ्यांकले बेलबारीका दैनिक रुपमा कोरोना संक्रमितको संख्या तिब्र रुपमा बढेको पुष्टि गरेको छ । यहि रुपले संक्रमितिको संख्या बढदै जाने हो भने बेलबारीमा भयावह अबस्था सिर्जना हुने देखिन्छ । भेन्टिलेटर सहितको अस्पतालको त कुरै नगरौँ सामान्य अस्पताल सम्म नरहेको बेलबारीमा यहि रुपले संक्रमितको संखया बढदै जाने हो भने बेलबारीले बिकराल अबस्थाको सिर्जना गर्नुपर्ने अबस्था सिर्जना भएको देखिन्छ ।
सामान्य बिरामीका लागि बेलबारी नगरपालिकाले बेलबारी २ को बागदेबी सामुदायिक बन उपभोत्ता समुहको भवनमा २५ बेडको आईशोलेसन तयार गरेको छ । तरपनि संक्रमित बढदै जाँदा र गम्भिर प्रकृतिका बिरामी बढेको खण्डमा आईशोलेसनले थाम्ने अबस्था देखिँदैन । नगरपालिकाले अब भेन्टिलेटर सहितको एक अस्पताल निर्माणतर्फ जुटनुपर्ने बेला भएको छ । यदि कोरोना संक्रमण यहि रुपमा बढदै गयो भने गम्भिर र भयावह अबस्था आउने देखिन्छ ।
बेलबारी नगरपालिकाले कोरोना संक्रमण नेपालमा शुरु भएकै बेला बेलबारीमा आईशोलेसन निर्माण गर्यो । क्वारेन्टाईन निर्माण लगायत परिक्षणको दायरा समेत बढायो । यो सकरात्मक काम हो । समय अनुसार तत्कालका लागि नगरपालिकाले राम्रो काम गरेको भएपनि भयावह अबस्था सँगै बेलबारी नगरपालिकाले भेन्टिलेटर सहितको अस्पताल निर्माणमा जुटनुपर्ने बेला भएको छ । नत्र गम्भिर प्रकृतिको जोकोही बिरामी हुँदा पनि भेन्टिलेटरको अभावमा मृत्युवरण गरेको टुलुटुलु हेर्नुको बिकल्प केही नहुन सक्छ । यो बेला मेरो र तेरोे भन्नुभन्दा सबैजनाले हातेमालो गर्दै संक्रमण बिरुद्ध एक भएर जुटने बेला भएको छ ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!