पथरी । मोरंङको पथरीशनिश्चरे ३ स्थित ईश्वरी सापकोटाको बिवाददरिहत जग्गामा कृत्रिम बिवाद सृजना गरी झण्डा गाडने र जग्गाधनीलाई गालीगलौज गरेको बिषयमा सुकुम्बासी तथा अब्यबस्थित बसोबास साझा संघर्ष समितिले माफी माग्दै झण्डा उखेलेको छ ।
समितिका उपाध्यक्ष ज्ञानेन्द्र राई र सचिब कुवेरमान घतानीले हस्ताक्षर गरेको बिज्ञप्तीमा पथरी ३ का समियल योङहाङ,मित्रलाल राई,गंगा गहतराज र ईश्वरी सापकोटाको बिवादरहित जग्गामा कृत्रिम बिवाद सिर्जना गरी ईलाका प्रहरी कार्यलय पथरीका प्रमुख डिएसपीलाई समेत जोडेर समितिका अध्यक्ष मौसम लिम्बुलाई उक्साई गलत सल्लाह र सुचना दिई मौसम लिम्बु र ममिन्द्र लिम्बुले जग्गाधनी सापकोटाको जग्गामा झण्डा गाडी प्रेस बिज्ञपती समेत निकालेकोमा संघर्ष समितिले समिक्षा गरी झण्डा हटाएको र आगामी दिनमा यस्तो कार्य गर्न नदिने उल्लेख गरिएको छ ।
सो जग्गामा साउन २८ गते लिम्बुद्धयको अगुवाईमा सापकोटाको जग्गामा कालो झण्डा गाडिएको थियो । झण्डा गाडी सापकोटालाई गालीगलौज र धम्की दिएको आरोपमा मौसम लिम्बु पक्राउ परिसकेका छन भने ममिन्द्र लिम्बु भने फरार अबस्थामा रहेका छन ।

(बिज्ञप्ती सहित)

तपाईको प्रतिक्रिया

error: Content is protected !!