सुनदरहरैचा । अबैध उत्खननमा प्रयोग भएका ५ वटा टयाक्टर गछिया खोलाबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी गछियाको नेतृत्वमा गएको टोलीले शनिबार बिहान ३ बजे अवैध रुपमा उत्खननमा प्रयोग गरिएका पाँचवटा ट्याक्टरलाई नियन्त्रणमा लिएको हो ।
कुन्दन ढुंगानाको को २ त ६९१९, रोशन चौधरीको को २ त ९०१५, मीनकुमार कार्कीको को २ त ३५३२, विनोद कार्कीको ७८९६ र हरि सिग्देलको ना २ त १८४८ नम्बर को ट्याक्टर नियन्त्रणमा लिएको प्रहरी चौकी गछियाका प्रमुख बलदेव सुवेदीले जानकरी दिए ।
सबै ट्याक्टरका चालक फरार भएकोले प्रहरीले चौकीसम्म ल्याएर ट्याक्टर राखेको र आवश्क कार्वाहीका लागि नगरपलिका पठाउने तयारी गरेको प्रमुख सुवेदीले जानकारी दिए । सुन्दरहैंचा नगरपालिका–३, ४, ६ स्थित खोला किनारबाट बालुवा र मिक्स गिटी लोड गर्दै गरेको अवस्थामा ट्याक्टरहरु फेला परे पनि चालक र ट्याक्टरका मजदुर प्रहरीलाई देखेपछि भागेका थिए ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!