- लक्ष्मण कोईराला

सर्प पाल्ने जिम्मा अर्जुनदृष्टिलाई

भ्यागुतो पाल्ने जिम्मा चुनाव हार्नेलाई

माछा पाल्ने जिम्मा तिखो बोलनेलाई

मान्छे मार्ने जिम्मा यमराजलाई

मान्छे बचाउँने जिम्मा डाक्टरलाई

बिपक्षी भुमिकाको जिम्मा युवानेतालाई

भण्डाफोरको जिम्मा पत्रकारलाई

नयाँ आबिष्कारको जिम्मा महाबिरलाई

धर्म परिवर्तनको जिम्मा पढाइमा सधैं प्रथम हुनेलाई

जातियताको मुद्दाको जिम्म्मा मधेसबादि दललाई

उखानटुक्का भन्ने जिम्मा केटिलाई

कमिसन मिलाउँने जिम्मा पित्तलभुँडीलाई ।

-बेलबारी ३ मोरंग

तपाईको प्रतिक्रिया

error: Content is protected !!