बेलबारी । स्रष्टा समाज बेलबारी मोरङको तेस्रो साधारणसभा शनिबार बेलबारी २ स्थित शिक्षा सन्देश ईग्लिस स्कुलको सभाहलमा सम्पन्न भएको छ ।
कार्यक्रममा बार्षिक प्रतिबेदनहरु बाचन पछि पारित गरिएका छन । प्रा.डा बद्रिबिशाल पोख्रेल र प्रा.डा. भिम खतिवडाद्धारा साहित्य लेखनबारे प्रशिक्षण समेत दिएका थिए । कार्यक्रममा संस्थाका आजीवन सदस्यहरुलाई प्रमाणपत्र र संस्थालाई बिभिन्न सहयोग गर्ने सहयोगीहरुलाई कदरपत्र प्रदान गरिएको थियो । साथै कार्यक्रममा सिर्जना बाचन समेत गरिएको थियो ।
संस्थाका अध्यक्ष हर्कमान तामाङको सभापतित्व,प्रा.डा.बद्रीबिशाल पोखरेलको प्रमुख आतिथ्य र संस्थाका सचिब जेबि थुलुङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!