बिराटचौक । करिब ६ महिना लामो लकडाउनपछि मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ७ मा रहेको मदरल्याण्ड माध्यमिक विद्यालयले आइतबारदेखि सिकाई कक्षा सुरु गरेको छ ।
विशेषगरी ७,८,९ र १० कक्षाका विद्यार्थीहरुलाई बोलाएर मास्क, स्यानिटाइजर लगाएर पठनपाठन सुरु गरिएको प्रध्यानाध्यापक राम दाहालले जानकारी दिए । ‘विद्यालयमा विद्यार्थी लिएर आफैँ अभिभावक आउनु पर्ने र ७ बजेदेखि १० बजेसम्म सामाजिक दूरी कायम गर्दै नियमित मास्क र स्यानिटाइजरको प्रयोग गरेर पढाउन सुरु गरेको उनी बताउँछन्।
अनलाइन कक्षा समेत सञ्चालन गरिरहेको उक्त विद्यालयले सबै विद्यार्थीहरुको पहुँच नपुगे पछि आईतबारबाट सिकाई कक्षा सञ्चालन गरिएको उनले बताएका छन्। कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लागू गरिएको लकडाउन र निषेधाज्ञाका कारण गत चैत्रदेखि विद्यालय बन्द छन् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!