झापा । प्रहरीले ब्राउनसुगरसहित झापाबाट एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक–९ दीपज्योति उराउ टोल बस्ने ३० वर्षीया रूपा चौधरी भण्डारी रहेकी छन् ।
सोमबार बिहान साढे ११ बजे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो । रूपाले आफ्नै घरबाट ब्राउनसुगरको किनबेच गर्नेगरेको विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा पलङमुनि लुकाईछिपाई छुट्टाछुटै ५ वटा प्लाष्टिकको पोका बनाई राखेको अवस्थामा ३५ ग्राम ब्राउनसुगर र नगद ७४ हजार ६ सय १५ रुपैयाँसमेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसरी लागूऔषधसहित पक्राउ परेकी रूपामाथि इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान तथा कानूनी कारबाही अगाडि बढाइएको छ ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!