दाङ : प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङमा राख्ने प्रस्ताव प्रदेशसभाबाट दुई तिहाइले पास भएपछि दाङका विभिन्न स्थानमा दीप प्रज्वलन गरी खुसियाली मनाएको छ।
दाङको पश्चिम क्षेत्र बबई गाउँपालिकादेखि भालुवाङसम्म विभिन्न ठाउँमा दीप प्रज्वलन गरिएको छ। बबई गाउँपालिकाको हापुरे बजार, तुलसीपुर उपमहानगरको वीरेन्द्र चोक बिपी चोक, मदनआश्रित चोक, घोराहीको सहिद गेट, लमहीको ठूलो भवन अगाडि, भालुवाङको कृष्णसेन चोक र गढवाको गढवा चोकमा दीप प्रज्वलन गरिएको छ।
कांग्रेसले राजधानीसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न हृविप लगाएको थियो। तर मंगलबार भएको मतदानमा कांग्रेसकै सांसदहरुले पार्टीको हृविविपरीत फ्लोर क्रस गरेका छन्। किनकि प्रदेशसभामा कांग्रेसका १९ सांसद भए पनि विपक्षमा १३ मत मात्र खसेको छ। प्रदेशसभामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ६१ सांसद छन्, उनीहरुमध्ये सभामुख पूर्णबहादुर घर्तीले मतदान गरेनन्। यस्तै जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका एक प्रदेशसभा सदस्य छन्। प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएसँगै प्रदेशसभाको अधिवेशन अन्त्य भएको छ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!