विराटनगर । नेपालमा बुधबार अहिलेसम्मकै धेरै ३ हजार ४३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एकै दिन थपिएको यो संख्या अहिलेसम्मकै उच्च हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै कोरोना संक्रमित हुनेको संख्या ९४ हजार २५३ पुगेको छ।
संक्रमितमध्ये पछिल्लो २४ घण्टामा १ हजार १२६ निको भएका छन् । निको हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ।
बुधबार थपिएका संक्रमितसँगै देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको छ । यस्तै थप १५ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ७८ पुगेको छ ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!