धरान / फुटबल खेलाडी तथा धरान भेट्रान फुटबल क्लबका महासचिव बिक्रम राईको निधन भएको छ । धरान १२ चतरालाइन घर भएका करिब ४५ बर्षीय राईको आज बिहान उपचारको क्रममा विराटनगरस्थित नोबेल हस्पिटलमा निधन भएको हो । उनको बिहान ७ बजे निधन भएको बताइएको छ । उपचारको लागि शुरुवातमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।
उनलाई आइसियु चाहिने भएको र वीपीमा उपलब्ध नभएपछि नोबेल रिफर भएका थिए । वीपीमा पिसिआर जाँच गर्दा भने रिपोर्ट नेगेटिभ आएको थियो ।
करिब एक साताअघि नोबेल लगिएका राईलाई त्यहाँ पिसिआर जाँच गर्दा भने रिपोर्ट पोजेटिभ देखिएको थियो । उनको नोबेलमा मृत्यु भएको जानकारी आएको छ, रिपोर्ट पोजेटिभ आएको रहेछ, स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले भने । मृतकको शवलाई नियमानुसार नेपाली सेनाको टोलीले व्यवस्थापन गरिसकेको छ। मृतक राई धरान फुटबल क्लबका कार्यसमिति सदस्य पनि हुन् । मृतकको श्रीमति र एक छोरी छिन् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!