काठमाडौं । यही असोज १७ गते भक्तपुर नगरपालिका ८ कालाँचामा बसभित्र १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्नेमध्ये फरार रहेका एक जनालाई प्रहरीले झापाको भद्रपुरबाट पक्राउ गरी ल्याएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले शुक्रबार पत्रकार सम्मेलन गरी बलात्कार आरोपी तीन जनालाई सार्वजनिक गरेको हो।
किशोरीलाई बेहोस बनाएर रातभरी पटक(पटक बलात्कार गरेको अभियोगमा फरार रहेका झापाको भद्रपुरका २२ वर्षीय दिपेश राईलाई भक्तपुर प्रहरी र अपराध अनुसन्धान महाशाखाको टोलीले झापा प्रहरीसँगको समन्वयमा पक्राउ गरेका हुन्। उनलाई पनि भक्तपुर ल्याएर अनुसन्धान एवम् कारवाही प्रक्रिया अगाडि बढाएको प्रहरी उपरीक्षक तारादेवी थापाले जानकारी दिएकी छन्।
पक्राउ परेका दिपेशले रत्नपार्कबाट किशोरीलाई पानीमा बेहोस हुने औषधि खुवाएर भक्तपुर ल्याएको स्वीकारेका छन्। बेहोस हुने औषधि दिएपछि पटक(पटक बलात्कार गरी अन्य दुईलाई किशोरीमाथि बलात्कार गर्न दिई राई फरार भएका थिए। यसअघि रत्नपार्क(भक्तपुर रुटमा चल्ने बा।३ ख। २६१२ नम्बरको बसमा किशोरीलाई रातभरी बलात्कार गरेको अभियोगमा प्रहरीले घट्नास्थलबाट सिन्धुपाल्चोक घर भएका २२ वर्षीय निरकुमार खड्का र त्यही ठाउँका सुर्य श्रेष्ठलाई पक्राउ गरेको थियो। किशोरीको बसबाट उद्दार गरेर अहिले एउटा संस्थाको संरक्षणमा राखिएको छ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!