बेलबारी । ईलाका प्रहरी कार्यलय बेलबारीले ६५ औँ प्रहरी दिबसका अबसरमा बेलबारी १ स्थित दुर्गा मन्दिर परिसरमा बृहत सरसफाई कार्यक्रम आयोजना गरेको छ ।
शुक्रबार बिहान ईलाका प्रहरी कार्यलय बेलबारीका प्रहरी निरिक्षक ऋषिराज ढकालको नेतृत्वमा रहेको टोलीले मन्दिर परिसर र आसपासमा सरसफाई गरेको हो । प्रहरी दिबसका अबसरमा सरसफाई कार्यक्रम आयोजना गरिएको र यस्ता कार्यक्रमहरुल् समाजमा सकरात्मक सन्देश प्रबाह गर्ने भएका कारण पनि यस किसिमको कार्यक्रम आयोजना गरिएको निरिक्षक ढकालले बताए ।
दिबसका अबसरमा भुतपुर्ब प्रहरीहरुले समेत सहभागिता जनाएका थिए ।
उनीहरुले समेत यस्ता कार्यहरु समाजका लागि उदाहरणीय भएको बताए । चाडपर्व नजिकिए सँगै बेलबारी प्रहरीले बिबिध सामाजिक कार्यमा सक्रियता बढाएको छ । बुधबार मात्र नागरिक सहायता कक्ष सञ्चालन गरेको प्रहरीले २ दिनपछि सरसफाई कार्यक्रम गरेको छ ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!