बेलबारी । बेलबारी जेसिजको आयोजनामा आईतबार भएको मैत्रिपुर्ण फुटबल खेलमा लायन्स क्लब अफ बेलबारी बिजयी भएको छ ।
बेलबारी लायन्स,बेलबारी जेसिज र पत्रकार समुहबिच भएको खेलमा लायन्सले बेलबारी पत्रकार समुहलाई शुन्यका बिरुद्ध ३ गोल गरेको थियो । त्यसपछि बेलबारी जेसिजलाई समेत लायन्सले १ का बिरुद्ध २ गोल गर्दै बिजयी भएको थियो ।
बेलबारी ३ स्थित टुक्रे खेल मैदानमा भएको मैत्रीपुर्ण खेल बेलबारी जेसिजका अध्यक्ष राजेश खत्रीको सभापतित्व र भुवन महासचिब भुवन कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो । बेलबारी जेसिजको जेसिज सप्ताह अन्र्तगत दोस्रो कार्यक्रम स्वरुप मेत्रीपुर्ण फुटबल आयोजना गरिएको हो ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!