कार्तिक ३, बेलबारी । बेलबारीमा पछिल्लो २४ घण्टामा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २८ जना थप भएसँगै बेलबारीमा कोरोना संक्रमितको संख्या १ सय ४४ पुगेको छ ।
बेलबारी नगरपालिकाका कर्मचारीमा समेत संक्रमण देखिएपछि यसबाट सेवाग्राहीमा झनै संक्रमणको खतरा हुने भन्दै कात्तिक ३ गते सोमबारबाटै नगरपालिका र मातहतका कार्यालयका सेवा बन्द भएका छन ।
असोज २७ गते र कार्तिक २ गते संकलन गरिएको ४४ जनाको स्वाबमध्ये १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बेलबारी ११ को ग्लोबल आईएमई बैँकमा कार्यरत सुरक्षागार्ड,न्यू जनएकता साकोसमा कार्यरत एकजना कलेक्टर र स्थानीय एक युवती,बेलबारी ९ का १,वडा नम्बर ७ का ३,वडा नम्बर ३ का ६ जना,नोबेल अस्पताल बेलबारीमा कार्यरत २ जनामा कोरोना संक्रमण पुष्टि भएको बेबलारी नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सनतोष बिश्वकर्माले जानकारी दिएका छन ।
यसैगरी आईतबार ५ जना कोरोना संक्रमित थपिएका थिए । असोज २१ र २२ गते पिसिआर परिक्षण गरिएका ३७ जनामध्ये ५ जनालाई कोरोना पोजेटिभ देखिएको हो । बिश्वकर्माका अनुसार संक्रमित देखिनेमा नगरपालिकाका एक जना कर्मचारी,वडा नम्बर १ का एकजना ,नापी कार्यलयका २ जना,३ नम्बर वडाका १ जना रहेका छन । यस्तै वडा नम्बर ७ का एकजनामा समेत कोरोना देखिएको छ ।
यो सँगै बेलबारीमा कोरोना संक्रमितको संख्या १ सय ४४ जना पुगेको छ । जसमा ३ जनाको मृत्यु भएको छ । ८५ जना सक्रिय संक्रमित रहेका छन भने ५६ जना निको भएर घर फर्किएका छन । बेलबारीमा हालसम्म १४ सय ६२ जनामा कोरोना परिक्षण गरिएको छ ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!