बेलबारी । बेलबारी जेसिजले युवाहरुको क्षमता अभिबृद्धिका लागि पहिलोपटक १२ बढी बिधामा निशुल्क तालिको अबसर प्रदान गर्ने भएको छ । बेलबारी जेसिजले १८ बर्षदेखि ४० बर्षसम्मका युवाहरुको सीप तथा क्षमताको उजागार गर्दै समुदायमा आधारित निशुल्क रुपमा बिभिन्न सिपमुलक कार्यक्रमहरु आयोजना गर्ने भएको हो ।
बेलबारी जेसिजले सार्बजनिक गरेको कार्यक्रम अनुसार सेल्फ मेकअप तालिम १५ दिन २० जनालाई,उदघोषण तथा पत्रकारिता तालिम ३ दिन १५ जनालाई,ब्यबसायिक तालिम मन्टेश्वरी तालिम ७ दिन २० जनालाई,स्वीटर तथा ज्याकेट बनाउने तालिम १५ जनालाई १५ दिन,कषि तालिम ३ दिन ५० जनालाई,होटल तालिम १५ दिन ३० जनालाई,कम्युटर तालिम २ महिना ५ जनालाई,संगित तथा नृत्य १ महिना २० जनालाई,एपोईन्मेण्ट अफ दि जेसिज युथ अफ दि ईअर ५ जनालाई निशुल्क प्रदान गरिने बेलबारी जेसिज बर्ष २०२० का अध्यक्ष राजेश खत्रीले जानकारी दिएका छन ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!