बेलबारी । मोरङको बेलबारी नगरपालिका–४ स्थित भित्री सडक खण्डमा बुधबार राति स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को ३२ प ५६३७ नम्बरको स्कुटर आफै अनियन्त्रित भई राति ११ः४५ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा स्कुटर चालक बेलबारी–४ की १९ वर्षीया समीक्षा राईको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा बिहीबार बिहान १ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।
दुर्घटनामा स्कुटरको पछाडि बसेका १८ वर्षीया अनुपमा राई र १६ वर्षीया सुमित्रा राई घाइते भएका छन् । अनुपमाको विराटनगरको नोबेल शिक्षण अस्पताल र सुमित्राको सुकुना सामुदायिक अवस्था विराटचोकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । -file pic

तपाईको प्रतिक्रिया

error: Content is protected !!