बेलबारी । कोरोना संक्रमणबाट बेलबारी ११ लक्ष्मीमार्गका एक ब्यत्तिको मृत्यु भएको छ । विराटनगरको नोबेल मेडिकल कलेजमा ती ब्यत्तिको मृत्यु भएको हो ।
अस्पतालका अनुसार शुक्रबार बिहान ३ बजे बेलबारी नगरपालिका– ११ का ४२ वर्षीय पुरुषको मृत्यु भएको हो । मृतकमा फोक्सो र मृगौला सम्बन्धी समस्या थियो । ५ कात्तिक विहान भर्ना भएका संक्रमितमा सोही दिन बेलुका कोरोना पोजेटिभ देखिएको थियो । पोजेटिभ देखिएपछि आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको हो । यो सँगै बेलबारीमा मृत्यु हुनेको संखया ४ पुगेको छ ।
नोबेल मेडिकल कलेज विराटनगरका प्रबन्धक नारायण दाहालका
शुक्रबार बिहान करिब ४ बजे धरान उपमहानगरपालिका– ८ की ५९ वर्षीय कोरोना संक्रमित महिलाको पनि मृत्यु भएको दाहालले जानकारी दिए । मृतक महिला २९ असोजमा नोबेल मेडिकल कलेजमा भर्ना भएकी थिइन् । सोही दिन उनलाई कोरोना पोजेटिभ देखिएको थियो । श्वासप्रश्वास र मधुमेह रोगबाट ग्रसित महिलाको उपचारका क्रममा शुक्रबार मृत्यु भएको दाहालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!