कार्तिक १०,बेलबारी । बेलबारीमा कोरोना संक्रमणबाट थप एक बृद्धको मृत्यु भएको छ । सोमबार बेलबारी ९ का दाहाल थरका ती बृद्धको होम आईशोलेसनमा मृत्यु भएको हो ।
केही दिनअघि ती बृद्धालाई कोरोना संक्रमण पुष्टि  भएको थियो । उनी घरमै आईशोलेसनमा रहेको र सोही क्रममा मृत्यु भएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष बिश्वकर्माले जानकारी दिएका छन । उनी मृगौलाको पुरानो रोगी समेत रहेको र उनको धरानस्थित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भईरहेको र नियमित डाईलासिस गर्ने क्रममा उनलाई कोरोना समेत देखिएको बेलबारी वडा नम्बर ९ का अध्यक्ष नगेन्द्र खडकाले बताए ।

यो सँगै बेलबारीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । मृतकको शव नेपाली सेनाको टोलीले सोमबार साँझ कानेपोखरी जंगलमा अन्तिम संस्कार गरेको छ ।-file pic

तपाईको प्रतिक्रिया

error: Content is protected !!