बेलबारी । मोरङको बेलबारी ३ की एक १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २५ वर्षीय सुमन तामाङ पक्राउ परेका छन ।
बेलबारी ३ बस्ने तामाङले ती बालिकालाई जबरजस्ती करणी गरेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । तामाङले कार्तिक १३ गते राती बेलबारी १ स्थित अमना सामुदायिक वनमा १४ वर्षिय बालिकालाई जबरजस्ती करणी गरि फरार भएको प्रहरीले जनाएको छ । फरार रहेका तामाङलाई बेलबारी प्रहरी कार्यालयका प्रहरी निरिक्षक ऋषीराज ढकाल सहितको टोलीले पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!