- गंगा चाम्लिङ

गुमाएको मैले हैन उसले मलाई गुमाएको हो
नाता मैले हैन सुरुमा उसले आफै लगाएको हो ।।
भएको सम्बन्धलाई पूरा गर्ने हैन तोड्ने बानी रहेछ
मेरो माया उसको लागि नाटक खेलाची नै भएछ ।।

मैले ससारलाई बिर्सिन्दै थिए उसलाई पाउनको लागि
तर उसले त मलाई बिर्सिदिए सारा ससार पाउनको लागि ।।
मैले मागेको चाहेको खोजेको के नै थिए र उसबाट
सिर्फ उ नै उ नै मात्र उ नै रोज्न गल्ती भयो मबाट ।।

जति तिम्रो माया मलाई लाग्यो त्यति आफ्नै लागेन
जति लाग्यो तिम्रै माया लाग्यो बाकी कसैको लागेन ।।
थाहा नपाई उसङग गासेको माया अहिले भुल भएछ
उसले हातमा साथ दिने बाचा आज अर्कै शीत मिलाएछ ।।

आज उसको सबै खुसी मेरो आँसु बनेर बगेको छ
त्यो सबै उसको खुसी मेरो लागि बिष बनेको छ ।।
भाग्यलाई भन्दा तिमीलाई धेरै विश्वास गरेर होला
आज हारे जति तिमी बद्लेउ त्यति भाग्य बद्लेन होला ।।
लेटाङ,मोरङ

तपाईको प्रतिक्रिया

error: Content is protected !!