बेलबारी । विश्वमा फैलिएको कोरोना महामारीका बिच पनि समुदायमा आधारित बिबिध कार्यक्रम सञ्चालन गरिरहेको बेलबारी जेसिजले बेलबारीका ११ वटै वडामा ११ वटा समुदायमा आधारित कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
सोही अन्र्तगत हस्पिटालिटी तथा होटल म्यानेजमेन्ट तालिमको उदघाटन गरेको छ । बेलबारी वडा नम्बर ८ को सहयोगमा १ हप्ते सो तालिम आईतबार बिहान सुन्दरहरैचा १० स्थित गोल्डेन क्राउन स्कुल अफ होटल म्यानेजमेन्टको सभाहलमा बेलबारी वडा नम्बर १ का अध्यक्ष चक्र खुलालले उदघाटन गरेका हुन ।
कार्यक्रममा बेलबारी वडा नम्बर ८ का सदस्य भवानी गुरागाँई,नेपाल जेसिजका पुर्व राष्ट्रिय उपाध्यक्ष डिल्ली ढकाल,बेलबारी १ का अध्यक्ष चक्र खुलालले शुभकामना मनतब्य राखेका थिए । खुलालले बेलबारी जेसिजले नगरपालिकाले समेत गर्न नसकेको कार्यक्रमहरु सञ्चालन गरेको भन्दै प्रशंषा समेत गरे । बेलबारी जेसिज बर्ष २०२० का अध्यक्ष राजेश खत्रीको सभापतित्वमा भएको कार्यक्रम रोशन परियारको संयोजकत्व र सुमन श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो । तालिममा बेलबारी वडा नम्बर ८ का १५ वटा टोल बिकास संस्थाका १५ जना सहभागी रहेका छन भने समिर थापाले तालिममा सहजकिरण गर्नेछन । तस्विर सौजन्य – दिपेन्द्र खुलाल

तपाईको प्रतिक्रिया

error: Content is protected !!