बेलबारी । बेलबारी जेसिजको आयोजनामा बुधबार भएको बक्तृत्वकलामा यलम्बर स्कुल बेलबारी ४ की दिक्षा कार्की प्रथम भएकी छिन ।
बिद्यार्थी जीवनमा कोरोना भाईरसले पारेको प्रभाव,चुनौति र अबसर बिषयक अन्तरक्रिया कार्यक्रममा बेलबारी नगरभित्र रहेका ११ वटा माध्यमिक बिद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा गुरुकुल पाठशालाकी रोजिना बस्नेत दोस्रो, सनसाइन स्टारकी अर्चना भण्डारी तेस्रो र कृष्टल पब्लिक स्कुल सान्त्वना भएको छ । बिजेताहरुलाई मेडल, ट्रफि, प्रमाणपत्रको साथै क्रमशः २५ सय, १५ सय, १ हजार र ५ सय नगद प्रथम, दोस्रो, तेस्रो र सान्त्वनालाई प्रदान गरिएको बेलबारी जेसिज बर्ष २०२० का अध्यक्ष राजेश खत्रीले जानकारी दिए ।
शिक्षा सन्देस स्कुल बेलबारी २ को सभाहलमामा भएको कार्यक्रममा बेलबारी नगरपालिका प्रमुख कार्यकारी अधिकृत प्रदिप शाह प्रमुख अतिथि रहेका थिए ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!