बिराटचौक । बेलबारी जेसिजको आयोजनामा एक साता अघि शुरु भएको हस्पिटालिटी तथा होटल म्यानेजमेन्ट तालिमको शनिबार समापन गरिएको छ ।
बेलबारी वडा नम्बर ८ को सहयोगमा भएको १ हप्ते सो तालिम गत आईतबार बिहान सुन्दरहरैचा १० स्थित गोल्डेन क्राउन स्कुल अफ होटल म्यानेजमेन्टको सभाहलमा बेलबारी वडा नम्बर १ का अध्यक्ष चक्र खुलालले उदघाटन गरेका थिए ।
शनिबार सम्पन्न कार्यक्रममा नेपाल जेसिजका पुर्ब अध्यक्ष महेश पौडेल प्रमुख अतिथि रहेका थिए । बेलबारी जेसिज बर्ष २०२० का अध्यक्ष राजेश खत्रीको सभापतित्वमा भएको कार्यक्रम रोशन परियारको संयोजकत्व र सुमन श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो । तालिममा बेलबारी वडा नम्बर ८ का १५ वटा टोल बिकास संस्थाका १५ जना सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!