बेलबारी । बिगत लामो समयदेखि साहित्य,गीत लेखन र स्टेज मार्फत आफनो अलग्गै छबि बनाएका बेलबारीका हरि घिसिङ नयाँ परिचयका साथ सार्बजनिक भएका छन ।
उनको शब्द,सङ्गीत र निर्देशनमा गायक रमेश भट्टराईको स्वरमा सजिएको (ए बाउ हौँ) नामको कमेडी गितको भिडियो युटयुब मार्फत सार्बजनिक भएको छ । भिडियो सार्बजनिक भएसँगै उनको चर्चा समेत चुलिएको छ ।
देशभरका स्टेज कार्यक्रमहरुमा एकछत्र राज गर्दै आएका घिसिङको शब्द,सङ्गीत र निर्देशन रहेको भिडियो सार्बजनिक भएसँगै बेलबारी २ निबासी उनको परिचय समेत थपिएको छ । उनी बिगत डेढ दशकदेखि लेखन र स्टेज कार्यक्रममा ब्यस्त रहेका छन ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!