लक्ष्मीमार्ग । सामाजिक सञ्जाल फेसबुकमा चर्चित (आई लभ एलएक्स) को आयोजनामा तेस्रो भाईटिका फोटो प्रतियोगिता सम्पन्न भएको छ ।  नेपालीहरुको हरेक चाडपर्बमा प्रतियोगिता सञ्चालन गर्दै आएको ग्रुपको आयोजनामा सो प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा ईशा कोङ्रेन याक्खा प्रथम भएकी छिन । उनको तस्विरमा ४ सय ६ लाईक प्राप्त भएको छ । यसैगरी दोस्रो सुस्दिप लिम्बु र तेस्रो जुनु लिम्बु राई भएका छन । बिजेताहरुलाई उपहार स्वरुप मोबाईलमा ब्यालेन्स ट्रान्सफर पठाईने ग्रुपका एडमिन सिपि राईले जानकारी दिए । उनले यो कुनै प्रतियोगिता भन्दा ग्रुपमा रमाईलो र आफनो संस्कार र संस्कृतिको संरक्षणका लागि प्रतियोगिता आयोजना गर्ने गरिएको बताए ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!