बेलबारी । मोरङको बेलबारीमा बिभिन्न सामाजिक गतिबिधि मार्फत समाजसेवा गर्दै आउनुभएकी नितु थापा (कोईराला) ब्यबसाय सँगै बिशुद्ध सामाजिक क्रियाकलापमा सक्रिय बन्दै आउनुभएको छ । बि.स २०३४ माघ २ गते मातापिता टंक बहादुर र मायादेबी थापाको कोखबाट जन्मिनुभएकी थापाले प्रबिणता प्रमाणपत्र तह सम्मको अध्यायन पुरा गर्नुभएको छ ।
श्रमिक महिला समूह बेलबारीको अध्यक्ष लगायत दर्जनौ संघसंस्थामा आबद्ध भएर काम गरिरहनुभएकी थापासँग ब्यबसाय,समाजसेवा साथै बिविध बिषयको सेरोफेरोमा रहेर गरिएको कुराकानीका सम्पादित अंशहरु –

समाजसेवामा कहिलेदेखि लाग्नुभयो ?
अप्रत्यक्ष रुपमा सानै देखि नै आवद्ध थिए । स्थानीय स्तरमा आयोजना हुने विभिन्न कार्यक्रमहरु मा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सभागी भएकै हुन्थेँ । तर संस्थागत रुपमा केही बर्षअघि देखि यस श्रमिक महिला समूह बेलबारी गठन भए देखि कटिबद्ध भएर लागेकी हुँ ।

कस्को प्रेरणाबाट यस क्षेत्रमा लाग्नुभयो ?
दुःख मा परेका मानिसहरुको दुःख देखेर मलाई समाजसेवा गर्ने उत्साह मिलेको हो र सामाजिक कार्यमा मेरो पारिवारिक सहयोगका कारणले समेत थप उर्जा दिएको हो । म मानिसहरुको दुःख देख्न सक्दिँन । त्यसैले पनि मलाई समाजसेवामा थप केही गर्न प्रेरणा मिलेको छ ।

श्रमिक महिला समुहले के के काम गर्छ ?
यो संस्थाले स्थापना देखि नै महिलाहरुको हक,हित र उनीहरुलाई सक्षम बनाउनका लागि उद्घोषण तालिम , ब्युटिसियन तालिम साथै निम्नस्तरका असाहय बालबालिकाहरु लाई लत्ताकपडा,जाडोमा स्वीटर लगायत शैक्षिक सामाग्री बितरण गर्दै आएको छ, र विश्व नै कोरोना भाइरसको संक्रमण ले संकटमा परेको बेला संस्थाले असाहय तथा दैनिक हातमुख जोर्न धौ धौ परेकाहरुलाई खाद्यन्न बितरण लगायत बिबिध सामाजिक क्रियाकलापमा सक्रियता जनाउँदै आएको छ ।

समाजसेवा र ब्यापारलाई कसरी परिभाषित गर्नुहुन्छ ?
समाजसेवा मेरो व्यापार हैन मेरो निस्वार्थ चाहाना हो र व्यापार मेरो पेसा हो । मानव कल्याणको निमित्त सामाजिक उद्धेश्य बोकेर एक ब्यत्तिले अर्को ब्यत्तिको दुःख बुझेर समाजमा एउटै नङ र मासु को जस्तो सम्बन्ध राखेर सहयोग गर्नु नै समाज सेवा हो ।

समाजसेवालाई धेरैले कमाई खाने भाँडो समेत बनाएका छन नि ?
समाजसेवा भन्ने शब्द आजकल ब्यापार बनेको छ । विभिन्न बिचार भएका ब्यत्ति मिलेर एउटा समाज बनेको हुन् । ,समाजसेवा को ढोङ गर्दै आफ्नो दुनो सोझ्याउने हरुको कमि छैन यहाँ, यस्तै ढोङगीहरुको कारणले यो समाज समेत अन्योलमा परेको छ र सच्चा समाजसेवीहरु को शिर झुक्नु परेको छ । समाजसेवा निस्वार्थ हुनुपर्छ । समाजसेवा गरेबापत कुनै लाभको आश गर्नुहुन्न जस्तो लाग्छ ।

समाजसेवाका अलावा के गर्नुहुन्छ ?
समाजसेवाका साथै म घरब्यबहार र ब्यापार ब्यावसायमा पनि आबद्ध छु ।

समाजसेवा र ब्यापारमा के भिन्नता पाउनुहुन्छ ?
समाजसेवा मेरो व्यापार हैन मेरो निस्वार्थ चाहाना हो र व्यापार मेरो पेसा हो । म समाजसेवालई ब्यापार सँग जोडदिँन । मेरो समाजसेवामा कुनै स्वार्थ जोडिएको छैन र जाडनु पनि हुँदैन जस्तो लाग्छ ।

राजनीति प्रति कत्तिको चासो छ ?
मेरो लागि राजनिती चासोको विषय हो र यो चासो सबै जनताले राख्नु अति आवस्यक छ,किनकी राजनीतिमा चासो नराख्नु भनेको आफ्नो आँखामा पट्टि लगाएर आफ्नो भबिश्य अरुको हात मा सुम्पिनु जस्तै हो । तसर्थ राजनीतिप्रति म मात्र होईन सबैले चासो राख्नुपर्छ ।

आगामी योजना के के छन ?
निरन्तर सामाजिक क्रियाकलापमा सक्रियता जनाउने र पिडित तथा असाहयहरुको पक्षमा निरन्तर काम गर्ने योजना छ । निस्वार्थ रुपमा सामाजिक क्रियाकलापमा नै लाग्ने योजना छ । प्रस्तुति – नरेन्द्र बस्नेत

तपाईको प्रतिक्रिया