बिराटचौक । ईन्द्रपुर जुनियर जेसिजको दोस्रो वार्षिक साधारणसभाबाट बर्ष २०२१ का लागि प्रान्जल ढकाल अध्यक्षमा सर्बसम्मत रुपमा चयन भएका छन ।
शनिबार सम्पन्न साधारणसभाबाट ढकाल अध्यक्षमा चयन भएका हुन । यसैगरी कार्यकारिणी उपाध्यक्षमा रिकेश भन्डारी, अल्का सुबेदी,उपाध्यक्षमा दियोग ढकाल,भोजराज रिजाल, रेजिना आचार्य ,समीप ढकाल सचिवमा दिपेश आचार्य र जनसम्पर्क अधिकारीमा पेसल खनाल चयन भएका छन ।
यसअघि ईन्द्रपुर जेसिज बर्ष २०२१ का लागि अध्यक्षमा कृष्ण ओझा निर्बाचित भईसकेका छन भने बेलबारी जेसिजमा राजेन्द्र अधिकारी चयन भएका छन ।

 

तपाईको प्रतिक्रिया