- मणिराम दाहाल

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा ८ सलकपुर स्थित शिक्षा निकेतन माविको आयोजनामा साहित्यकार कमला प्रसाईंद्वारा लेखित तीन पुस्तकहरु विमोचन गरिएको छ ।
साहित्यकार प्रसाईंका चितामाथिको लास नाटक, सिमाना कवितासङ्ग्रह तथा हृदयभित्र गीतसङ्ग्रहको एक कार्यक्रमको आयोजना गरि विमोचन गरिएको थियो । पुस्तकको विमोचन साहित्यकार प्रसाईंकी ९० बर्षिय आमा जयन्तादेवी प्रसाईंको जन्मोत्सव पारेर विद्यालयको प्राङ्गणमा गरिएको थियो । पुस्तकको विमोचन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद रिजाल , विद्यालयका प्रअ ठाकुरप्रसाद सुवेदी , समाजसेवी कृष्णप्रसाद प्रसाईं , अम्बिकाप्रसाद अधिकारी लगायतले सयुत्त रुपमा गरेका थिए ।
साहित्यकार प्रसाईंद्वारा लेखित पुस्तक विमोचन कार्यक्रममा कृति माथि समीक्षा शिक्षासेवी तथा साहित्यकार अमृतप्रसाद आचार्य तथा मेदिनीप्रसाद बरालले गरेका थिए । साहित्यकार प्रसाईं सोहि विद्यालयको पूर्व शिक्षिका समेत हुन् । उनी हाल अमेरिका बसेर , मेडिकल क्षेत्रमा कार्यरत भए पनि साहित्य सिर्जनामा क्रियाशिल छिन् ।

तपाईको प्रतिक्रिया