- शान्ति पाख्रिन

सन् १९०६ मा सम्पन्न महिलाहरुको प्रथम अन्तराष्ट्रिय सम्मेलनबाट कलारा जेटकिन सचिव भए पश्चात १९०८ मार्च ८ का दिन अमिरीकाको शिकागो शहरमा महिलाहरुले समान अधिकारको माग लिएर महिलाहरुले हडताल, जुलुस गरे । महिलाहरुको हक, अधिकारको माग गदै भएको सोही दिन वाट ८ मार्चलाई महत्वपुर्ण रुपमा मनाउदै आएको हो ।सन् १९१० मा कोपेनहेगमा महिलाहरुको द्धितिय अन्तराष्ट्रिय सम्मेलनमा र्जमनी माक्सवादी नेतृ क्लारा जेटकिन्ले ८ मार्चलाई अन्तराष्ट्रिय श्रमिक महिला दिवश मनाउने प्रस्ताव राखिन र सोही प्रस्ताव पारित भएपछी सन् १९११ देखी विश्व भरीका महिलाहरुले यो दिवस मनाउन थालिएको हो ।
यो दिवश मनाउदै आएको पनि नेपालमा ५० औ वर्ष भएको छ । तर पनि महिलाहरुमा खासै परिवर्तन आएको छैन । महिलाहरुको समस्याहरु जिँउका त्युँ छन् । सामन्यता श्रमिक भन्ने वित्तिकै श्रमजिवीहरुलाई जनाउदछ । तर वास्तविक श्रमजिवी महिलाहरु लाई यो दिवशको कुनै अत्तो पत्तो छैन । तर वर्ष पिच्छे यो दिवश धुमधामका साथ मनाईने गरिन्छ । पच्छिल्लो समयमा त स्थानिय तहमा राम्रोनै रकम खर्च गरेर तामझामका साथ मनाईन्छ । तारे होटलहरु देखी पाटी प्यालेसहरु मा जमघट राम्रै हुने गर्छ । तर यस्ता खाले कार्यक्रमहरुले चेतनाको विकाशमा कती प्रतिशत वृदि भयो त गम्भिर प्रश्न उठ्न थालेको छ ।
मार्च ८ भन्ने वित्तिकै समान ज्याला , समान मतधिकार विश्व शान्तिका लागी उठेका लाखौ महिलाहरुले योगदान गरेको सम्झनाहरु आउने गर्दछ । महिला अधिकारकर्मीहरुले न्याय ,समानता र मुक्तीका खातिर मृत्युलाई पनि सर्हष स्वीकार गर्दै वुलन्द आवज उठाएका थिए । यो दिवशले आज यो स्तरमा जुन व्यापकता र सर्मथन वटुलेको छ । सर्वप्रथम त म अ्रगजहरुलाई सम्मान गर्न चाहान्छु । वास्तवमा भन्ने हो भने महिला मुक्तिको लागी शुरुवात भएको दिन हो आज । यसैले यसलाई महिलाहरुको माहान पर्व पनि भन्निछ । हाम्रो देश नेपालमा विभिन्न । राजनैतिक परिवर्तनहरु आएता पनि महिला माथी हुने हिसांहरु अन्त्य हुन सकेको छैन हामी दिनहु जस्तो वालवालिका तथा महिलाहरु हिसां भएका घटनाहरु विभिन्न मिडिया मार्फत सुन्ने र देख्ने पनि गछौ । यो त भयो वाहिर आएका घटनाहरु कति यस्ता हिसांहरु हुने गर्छन् जुन हिसांहरु सामाजिक ,राजनितिक र पारिवारिक दवावको कारणले पनी वाहिर आउन सक्दैन । महिला यस अर्थमापनि हिसां सहन वाध्य र विवश भएका छन् ।
हाम्रो देशले पनि सवै प्रकारका हिसां भेदभावहरु अन्त्य गर्नका लागि अन्तराष्ट्रिय माहासन्धि अनुमोदन पनि गरी सकेको छ । राज्यले महिला सँग सम्बन्धित अधिकारलाई कानुन र संविधानमा समेत केही व्यवस्ता गरेको छ । नेपालको संविधान २०७२ ले महिलामाथी हकको व्यवस्था घरेलु हिसां कसुर र सजाय ऐन ,मानव वेचविखन तथा ओसारपसार नियन्त्रण ऐन , राष्ट्रि महिला आयोग ऐन यसका उदारणहरु हुन । नेपालको संविधान २०७२ ले महिलाहरुलाई थुप्रै हक अधिकारको व्यस्था गरेको छ । खासगरी संविधानको मौलिक हकअन्र्तगत धारा ३८मा महिलाको हकमा प्रत्येक महिलालाई लैगिक भेदभाव विना समान वंशिय हक हुने महिलाको सुरक्षित मातृत्व र प्रजनन स्वास्थ सम्बन्धी हक महिलाविरुद्ध र्धािर्मक , सामाजिक,सांस्कृतिक,परम्परा प्रचलन वा अन्य कुनै किसिमको हिंसा जन्य कार्य वा शोषण गर्न नहुने यदी त्यस्तो कार्य भएमा कानुन वमोजिम दण्डनिय हुनेछ र पिडितलाई कानुन वमोजिम क्षतिपुर्रर्ती पाउने हकको व्यवस्था गरीएको छ । यस्तै धारा १८ मा समानताको हक धारा २९मा शोषण विरुद्धको हकमा कसैलाई पनि वेचविखन गर्न दास वा वाधक वनाउन पाईने छैन ।
तर निति एकातिर नियत अकै भने झै कायन्र्यन पक्ष भने अत्यन्तै फितलो भएको छ । कुल जनसंख्याको आधारमा भन्नेहो ५१ दशमल ४४ प्रतिशत ( ८ लाख) महिलाहरुको संख्या वढी रहेको तथ्याङकले वताउदछ । महिलाको साक्षरताको कुरा गर्ने हो भने ७७.४ प्रतिशत रहेको पाइन्छ । कानुन वनाउने थलोमात २९ प्रतिशत मात्रै महिलाहरु को सहभागिता छ भने स्थानिय निर्वाचनमा १९.३३ प्रतिशत महिलाको सहभागिता रहेको छ जसमा पनि बढी वडा सदस्यहरु रहेका छन् । तथ्याङकले र्अथतन्त्रमा महलिाको गणना देखाउदैन जमिनमा स्वामित्व १९.७१ प्रतिशत जसमा शहरी क्षेत्रमा २६.७७ प्रतिशत , गा्रमिण क्षेत्रमा २५.७३ प्रतिशत देखिन्छ । घरमुलिको भुमिकामा २५.७ प्रतिशत शहरी क्षेत्रमा २८.१४ प्रतिशत ग्रामिण क्षेत्रमा २५.१६ प्रतिशत रहेको पाईन्छ । महलिा आफैले आयआर्जन पतिको बराबर छ भने पनि ९२.६ प्रतिशत महिलाले मात्रै आफन्नो वारे एकल निर्णय गर्न सक्छीन महिला पुरष भन्दा कति पछाडी छ भन्ने कुरा यही वाट प्रस्ट हुन जान्छ ।
सुकिला मुकिलाहरुले होटल र पाटी प्यालेसहरुमा गफ झाट्दैमा महिलाहरुको समानता आउछ भन्नु सपनामा खोले खानु जस्तै हो । राष्ट्रप्रमुख देखी स्थानिय तहसम्म मलिाहरुको नेतृत्व भैइरहदा अझै महिलाको हक अधिकार, समनता, हिसां,बलत्कार जस्ता घटनाहरुको निर्मुल र न्याय नपाउनु भनेको महिलाले नेतृतवदायी भुमिकामा रहेरपनी निर्णय लिन नस्कनुको उपज हो । यसकारण पनि यस्ता दिवशहरु मनाईरहदा दुरदराजको महिलाहरु र लक्षित महिलाहरु समक्ष पुगोस शुभकामना बाध्यात्मक स्थितीले विदेशिनु भएका सम्पुर्ण महिला दिदीबहिनीहरु देश भित्रपनी आफन्नो गर्जो टार्नका निम्ती अहोरात्र खट्नुहुने श्रमिक महिला दिदीवैनिहरुमा शुभकामना व्यक्त गर्दछु ।
(लेटाङ मोरङ निबासी लेखक महिला अधिकार मञ्च प्रदेश १ की सल्लाहकार हुन । )

 

 

तपाईको प्रतिक्रिया