बेलबारी । बेलबारीमा त्यति बेला हलचल मच्चियो,जतिबेला करिब ७ बर्षअघि बेलबारीबाट बेचिएको लाईन्स क्लबको एम्बुलेन्स फिर्ता ल्याउन सफल भएका खेमप्रसाद गौतमले बेलबारी साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा उम्मेदवारी दिए ।
खानेपानीमा सर्बसम्मत उम्मेदवारको खोजी गर्ने क्रममा करिब एक महिना समय घर्किसकेको थियो । जति प्रयास गरेपनि सहमतिमा उम्मेदवार छान्न नसकिएपछि उम्मेदवारी घोषणा गरेका केही उम्मेदवारलेआफनो उम्मेदवारी समेत फिर्ता गरे । त्यहि बिचमा नेपाली काँग्रेस,एकिकृत नेकपा माओबादी र जनता समाजबादी पार्टीले साझा उम्मेदवारका रुपमा काँग्रेस नेतृ रुक्मिणी धिमाललाई उम्मेदवार बनायो । उपाध्यक्ष,सचिब र सदस्यमा समेत संयुत्त गठबन्धनका उम्मेदवार निर्बिरोध निर्बाचित भए । त्यहि बेला कोही पनि उम्मेदवार बन्न नचाहिरहेका बेला सदस्यमा उम्मेदवारी दिने सोच बनाएका गौतमले अध्यक्षमा उम्मेदवारी दर्ता गराए ।
यतिबेला उनी एक्लै चुनावी मैदानमा रहेका छन । नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका उनलाई एमालेकै एउटा खेमाले असहयोग गरिरहेको छ । उनी चुनाव जित्ने भन्दा पनि पार्टीका नेताहरुको रबैया र ठुलाठालु भनौदाहरुको हैकमवाद अन्त्य गर्न र अबको नेतृत्व युवा पत्तिले गर्नुपर्छ भन्नेमा दृढ रहेका छन । उनको पक्षमा युवा पत्तिको राम्रै माहोल समेत रहेको छ । बिना कसैको साथ सहयोग उनले कुल मतको १५ प्रतिशत मात्र मत ल्याए पनि उनको ठुलो सफलता मान्न सकिन्छ ।

तपाईको प्रतिक्रिया