- नरेन्द्र बस्नेत

बेलबारी । सबैभन्दा खुसीको कुरा बेलबारीमा ठुला भनिएका संस्थाहरुको नेतृत्व तहमा महिलाहरुको सहभागिता ज्यादै न्युन रहेको अबस्थामा पहिलोपटक एउटा गर्विलो ईतिहास बनाउँदै रुक्मिणी धिमाल बेलबारी साना शहरी खानेपानी तथा सरसफाई उपभोत्ता संस्थाको अध्यक्ष बन्न सफल भईन । यो उनको लागि मात्र नभएर सिंगो बेलबारीका महिलाहरुको लागि एउटा प्रेरणाको स्रोत बन्न सक्छ ।
एकल महिलाका रुपमा आफुलाई स्थापित गर्दा होस या आफनो पहिचान र समाजको हितमा काम गर्दा उनको भोगेको दुःख र संर्घषका कथाहरु भनिसाध्य छैन । तथापि एउटा ठुलो हिम्मतका साथ उनले गरिरहेको संघर्ष धेरै महिलाहरुको लागि प्रेरणा बनेको छ । गत स्थानीय निर्बाचनमा नेपाली काँग्रेसका तर्फबाट बेलबारी नगरपालिकामा उपमेयरका रुपमा उम्मेदवार बनेर सम्मानजनक मत पप्त हुँदा होस या बिभिन्न संघसंसस्थाको नेतृत्व गरिरहँदा होस उनी कहिल्यै बिचलित भएकी छैेनन ।
यो उनको अदम्य साहस धेरैका लागि उर्जाको काम गर्न सक्छ ।
उनले बेलबारी खानेपानीको निर्बाचनमा अत्याधिक मतको साथ बिजयी भईरहँदा उनका अघि अबसर भन्दा पनि चुनौतिका पहाडहरु उभिएका छन । सबैभन्दा ठुलो चुनौति उनका लागि संस्थामा रहेको झण्डै ५ करोड ऋण र बेलबारीका बासिन्दालाई हरबखत शुद्ध पानी उपलब्ध गराउने नै हुने छ । बेलबारीमा पहिलोपटक महिला अध्यक्ष भएको ठुलो संस्थामा उनले केही नयाँ अभ्यास गर्दा पनि परिबर्तन हुन सक्ने उनका लागि थुप्रै अबसरहरु रहेका छन ।
हरेक समय एउटै मानिसका लागि अबसरहरु प्राप्त नहुन सक्छन । उपर्युत्त समयमा पाएका अबसरहरुलाई स्वीकार गर्दै चुनौति मोल्नु नै मानिसको मुख्य सफलता हो । कतिले त उनलाई फेरी स्थानीय निर्बाचनमा उपमेयरको उम्मेदवारमा दाबी गर्लिन भनेर खानेपानीको अध्यक्षमा थन्काएको समेत भनेका छन । तर यी सामान्य कुरा हुन । के थाह भोली उपमेयरमा उनकै आबश्यत्ता पनि त महशुस हुन सक्ला । जे होस पुरानो शैलीलाई थोरै मात्र परिबर्तन गर्न र बिपक्षी उम्मेदवार र बिषयबिज्ञहरुलाई समेत साथ लिएर अघि बढन सकिएमा ऋणमा रहेको खानीपानीलाई आम्दानीका रुपमा परिर्बतन गरि नयाँ ईतिहास कोर्ने अबसर समेत उनका अघि रहेको छ ।
्संस्थाको शनिबार सम्पन्न निर्बाचनमा बिजयी बन्दै रुक्मिणी धिमालले सो रेकर्ड कायम गरेकी हुन । धिमालले ७ सय ५२ मत ल्याईन प्रत्यासी खेम प्रसाद गौतमले १८७ मत मात्र प्रााप्त गरेका छन । कोषाध्यक्षमा गठबन्धनकै डिल्लीराज गिरी (उत्तम) ले ५३९ मत ल्याउँदा प्रत्यासी तोषित सुवेदीले ३७७ मत ल्याएका छन । खुल्ला सदस्यमा प्रेमबहादुर गुरुंगले ६६३,गणेश बस्नेतले ६०६ मत लएर बिजयी भएका छन भने प्रकाश भण्डारी ३१७ मतको साथ पराजित भएका छन ।
१ हजार ५ सय बढी मतदाता रहेको खानेपानीको निर्बाचनमा १ हजार ७६ मत खसेको थियो । बेलबारी ३ स्थित भगवती माविमा शनिबार भएको निर्बाचनमा काँग्रेस,माओबादी र जसपाको संयुत्त गठबन्धनबाट बिजयी उम्मेदवारहरु निर्बाचन लडेका थिए । यसअघि उपाध्यक्षमा जसपाका केशव घले सचिवमा माओवादी केन्द्रका जगत क्षेत्रि सदस्यमा ,बबिता राई ,सर्मिला मगर र,सीतादेवी बास्तोला निर्बिरोध निर्बाचित भईसकेका छन ।

तपाईको प्रतिक्रिया