विराटचोक । प्रथम सुन्दरहरैंचा मेयर कप फुटबल प्रतियोगिताको पहिलो सेमीफाइनल खेलबाट पथरीशनिश्चरे नगरपालिका फाइनलमा प्रवेश गरेको छ ।
पथरीशनिश्चरेका खेलाडी जर्सी नम्बर ८ का विशाल पाण्डेले दुवै गोल गरेका थिए । उनी नै खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद २ हजार रुपैयाँ हात पारे । खेलको ३३ औँ र ७९ औँ मिनेटमा गरेको प्रहार गोलमा परिणत भएको थियो । पथरीशनिश्चरेका खेलाडी जर्सी नम्बर १० का निरज परियारले गरेको फ्रि किकलाई लेटाङका गोलकिपर अञ्जित श्रेष्ठले रोके पनि नियन्त्रणमा लिन नसकेको बललाई पाण्डेले नियन्त्रणमा लिएर प्रहार गरी पहिलो गोल गरेका थिए ।
प्रतिष्पर्धात्मक र रोमाञ्चक आजको खेलमा लेटाङका तर्फबाट जर्सी नम्बर ११ का मोदीकुमार राईले २४ औँ मिनेटमा सान्त्वना गोल गरेका थिए । खेलमा दुवै पक्षले गोल गर्ने धेरै अवसर गुमाएका थिए । भोलिको सेमीफाइनल खेल आयोजक सुन्दरहरैंचा नगरपालिका र उर्लाबारी नगरपालिकाबीच हुनेछ ।

तपाईको प्रतिक्रिया