विराटनगर : जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । विराटनगर महानगरपालिका र आसपासका तीन पालिकामा निषेधाज्ञा जारी गरेको प्रशासनले शुक्रबार रातिबाट लागु हुनेगरी जिल्ला भर निषेधाज्ञा जारी गरेको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार शुक्रबार रातिबाट जेठ १ गतेसम्मका लागि जिल्लाभर पूर्ण निषेधाज्ञा जारी गरिएको हो । बिहिबार बसेकाे बैठकले विराटनगरमा निषेधाज्ञालाई थप कडाई गर्ने निर्णय गरेकाे छ ।गत आइतबार विराटनगर महानगरपालिका, बुढीगङ्गा गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाको वडा नम्बर १,२,३ र ४ मा एक साताका लागि निषेधाज्ञा जारी भएको थियो । सङ्क्रमण दर बढेपछि जिल्लाभर निषेधाज्ञा जारी भएको उनले बताए ।
बैठकले विराटनगरमा निषेधाज्ञालाई थप कडाई गर्ने निर्णय गरेको छ । सर्वसाधारणले अटेर गरेपछि कडाई गर्ने निर्णय गरेको हो ।निषेधाज्ञा अवधीभर सवारीसाधनलाई पूर्ण रूपमा आवतजावत गर्न रोक लगाइने छ । दैनिक उपभोग्य वस्तु र अतिआवश्यक सामाग्रीका पसल बिहानको समय खोल्न दिइनेछ ।मोरङ प्रशासनको आदेशअनुसार भारतबाट रानी नाका हुँदै नेपाल आउने नेपाली नागरिकबाहेक अन्य आवागमन गर्न पाइने छैन । मोरङसँग सीमा जोडिएको सुनसरी र झापामा यस अघि नै निषेधाज्ञा जारी भएको थियो ।

तपाईको प्रतिक्रिया