बेलबारी । बेलबारीमा संक्रमितको संख्या बृद्धि हुँदै गएपछि बेलबारीमा रहेका ४ वटा संस्थाहरुले संक्रमितलाई अस्पताल सम्म लैजानका लागि एम्बुलेन्स नगरपालिकालाई उपलब्ध गराएका छन ।
बेलबारीमा संक्रमितको लागि ४ वटा एम्बुलेन्स तैनाथ अबस्थामा राखिएको छ । बेलबारी ७ मा रहेको धर्म प्रचार प्रसार समिति,बेलबारी ८ मा रहेको एम्ब्रियो युवा क्लब,बेलबारी ९ मा रहेको तीनखुटीया युवा क्लब र लायन्स क्लब अफ बेलबारीको एम्बुलेन्स तैनाथ अबस्थामा राखिएको छ ।
संक्रमितहरुको सहजताका लागि अस्पताल सम्म लैजानका लागि नगरपालिकाले एम्बुेन्स तयारी अबस्थामा राखेको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष बिश्वकर्माले जानकारी दिएका छन ।

तपाईको प्रतिक्रिया