बेलबारी ÷कृषकले उत्पादन गरेका कृषिजन्य बस्तुको बजारीकरण नगरपालिकाले गरीदन थालेपछि कृषि प्रति बेलबारीका किसानहरुको आकर्षण बढ्न थालेको छ ।
मोरङको बेलबारी नगरपालिकाले आफनो नगर क्षेत्र भित्रका कृषकले उत्पादन गरेको अन्नबालि,तरकारी,फलफुल लगायतका बस्तुहरुको बजारीकरण गरीदिएपछि कृषकहरु कृषि प्रति हौसिएका छन । नगरपालिकाले निशेधाज्ञाको समयमा कृषकहरुलाई धानको विउ बितरण गरेको छ । २० हजार किलो धानको विउ अनुदानमा बितरण गरेको हो ।
नगरपालिकाले उक्त बिउ ५० प्रतिशत अनुदानमा कृषकलाइ बितरण गरेको हो । बितरण गरीएको बिउले करीब ५ सय बिगाह क्षेत्रफलमा खेती गर्न सकिने कृषि शाखाका प्राविधिकहरु बताउछन । राधा १२,कान्छी मन्सुलि, बहुगुणि,स्वर्णसव १, रजित लगायतका प्रजातिका धानका विउ बितरण गरीएको हो ।३ हजार किलो मुल बिउ बितरण गरीएके हो । मुल बिउ उत्पादनपछि पुन बिउको रुपमा प्रयोग गर्न मिल्ने कृषि बिकास शाखाका प्रमुख बिनोद दाहालले बताए ।
उत्पादन भएका बस्तुहरुको बजारीकरणले हौसला मिलेको बेलबारीका पुराना किसान कबिन्द्र धिमालले बताए ।
एक वडा एक उत्पादनमा जोड दिएको नगरपालिकाले कृषिमा आतमनिर्भर बनाउन तरकारी, फलफुल, कृषि औजारहरु समेत बितरण गरेको नगरपालिकाको कार्यालयले जनाएको छ । नेपाल कृषि अनुसनधान परिषद तरहरा सुनसारी बाट बिउ ल्याएर बितरण गरेको हो ।
यस अघि नगरपालिकाले किसानले उत्पादन गरेको गहुँ बजारभाउभन्दा बढी मूल्यमा किनबेच गराइदिएको छ । किसानलाई ८० प्रतिशत छुटमा करिब १ हजार किलो बिउ वितरण गरेको थियो । बजारमा १२ सय प्रतिमनले गहुँ किनबेच भइरहदाँ किसानले भने प्रतिमन १५०० रुपैयाँ पाएका छन ।

तपाईको प्रतिक्रिया