- सुमन श्रेष्ठ
(१) सम्पुर्ण राजनैतिक आस्थावान कार्यकर्ता, देशभक्त नागरीक, अग्रज, आउँदो नयाँ पुस्ता र दिग्गज ब्यक्तीत्वहरु प्रती हार्दिक नमन। बढ्दो राजनैतिक अस्थीरता, बेचैनी र रास्त्रप्रतिको नेतृत्वबाट गैरजिम्मेवारीपना र आम नेपाली नागरीकहरुमा गणतन्त्र प्रती नैरास्यता बढीरहेको सन्दर्भमा मेरो देशको नेतृत्व र आम नागरीकको चिन्ताप्रति केही कुराहरु लेख्ने जमर्को गरेको छु। इतिहास साक्षी छ कि हाम्रो मुलुक परापुर्वकालदेखी नै एक अखण्ड र स्वतन्त्र रास्ट्र हो , जसको लागि कयौं नेपाली वीर पुर्खाहरुले आफ्नो रगतको खोलो यो मुलुकका लागी विभिन्न समयमा बगाएका छन तर त्यो सबै कुरो आज अति फितलो भएको महसुस भएको छ।
बिधालयमा इतिहासका पन्नाहरु पल्टाउदा गर्भ र हिम्मतका साथ ठाडो हुने यी नेपाली शीरहरु बेरोजगारीले छटपटीएर खाडी पलायन भएपछी र वर्तमान राजनैतिक खिचातानीको कारण झुकीरहेको छ, जुन सम्मान हिजो अन्तरास्ट्रिय क्षेत्रमा हाम्रो थियो त्यो सब सम्झनामै सिमित भैइसकेको छ। हाम्रा पुर्खा विश्व बिजेता अङ्रेज सङ कुस्ती खेले तर कहिल्यै झुकेनन, आज हामी छिमेकी सङ सीर झुकाउने अवस्था छ। हुन पनि नुन देखि सुन सम्म, मतदातादेखि नेता सम्म आयातीत भएपछी त्यो स्वभाविकै होला। नेपालमा धेरै राजनैतिक उतारचढाव र परीवर्तनहरु भए ती मध्ये २०६२/६३ को जनआन्दोलन पस्चात देशको राज्य ब्यवस्थामा आमूल परीवर्तन भयो। देशले राजालाई बिदा गरेर संघीय गणतन्त्रमा जो प्रवेस गरेको थियो। १० बर्षे जनयुद्ध त्यस पस्चात ७ दलको आन्दोलन, यी तमाम परीवर्तनका लागि कयौं नेपाली जनताहरुले आफ्नो गाँस काटेर द्वन्दरत माओवादी फौज पाले, छोरा, छोरी, नाताकुटुम्बलाई लड्न पठाए, हज्जारौंले ज्यान गुमाए कयौंले आफन्त, घर परीवार गुमाए, घरबिहिन भए अनि कयौं अङभङ भए। राजनैतिक परीवर्तनको त्यो ठूलो हिस्सा नेपाली जनताको ठूलो त्याग, तपस्या र बलीदानी स्वरुप आज मुलुकले सघीय गणतन्त्र प्राप्त गरेको छ जुन कुरा एकदमै उत्तम छ, जसले हामी सबैलाई वाक स्वतन्त्रता, स्व निर्णय जस्ता थुप्रै हक अधिकारहरु प्रधान गरेको छ। यो उपलब्धीमा एक दुई जनाले माथिल्लो तहमा रहेर नेतृत्व गरेर आफ्नो रवाफ र उपस्थीतिको परिचय आफैले दिदै गर्दा ती तमाम नेपाली जनता जस्ले आफ्ना आफन्त, छोरा नाति श्रीमान श्रीमती गुमाएको पीडा, कतिजना अङभङ भएर अहिले सम्म पनि गणतान्त्रिक नेपालको उपहार बोकेरहेका ब्यक्ति र उहाँहरुको राज्य प्रतिको बलीदानी भुमिका अहम् छ भनेर कदापी भुल्नु हुँदैन र जस्को नतिजा आज हामी यहाँ छौं। तर पछिल्लो समय जुन नेताहरुलाई हामीले बिश्वास र भरोसा गरेर राजतन्त्र समाप्त गरेर रास्ट्रको ताला चावी दिइयो त्यही नेतृत्वबाट आज सारा नेपालीहरुलाई धोका भैइरहेको महसुस भैइरहेको छ। हाम्रो धर्म, भेषभुषा, रहनसहन, भाषा जस्ता कुरामा चरम अतिक्रम भएको छ। दिनदहाडै सोझासाझा नागरीकलाई अनेकौं प्रलोभनमा पारेर रातारात धर्म परीवर्तन गराईरहेको छ, प्रौढ अवस्थाका नागरीक समेत शब्दमा अङ्ग्रेजी मिसाउन थालीसकेका छन, हामी अङ्ग्रेजी प्रती मुन्टो भोप्ट्याएर लागि परेका छौँ ता कि अङ्ग्रेजी नजान्ने त मान्छे नै होईन भन्ने मनस्थिति बनीसकेको छ। त्यसैले होला हाम्रा सन्तानलाई पनि बिधालयले के सिकायो? के सिकाउछ? व्यवहार कस्तो छ? कस्तो संस्कार बिधालयले दिन्छ? भन्ने कुरो भन्दा नि अङ्ग्रेजी कतिको जान्ने छ त्यही कुरोमा उसको बुध्द्दिमानी तहको निर्धारण गरिदिन्छौ। यसरी बिदेशी शक्तिहरु हाम्रा धर्म, सस्कृती, परमपरा , भाषा रहनसहन, भेषभुषा र नेपाली मौलीक परमपरा नस्ट गरीरहेको अवस्थामा हाम्रै नेताहरु एक पछि अर्को रास्ट्र टुक्राउने, अस्तित्व समाप्त गर्ने र रास्ट्रीयता धरापमा पार्ने नियमावलीहरु थपीरहेका छन। के तिनिहरुलाई देशको माया साच्चिकै नभएको हो वा सत्ता प्राप्तीका लागि अन्धो भएका हुन?
(२) राजनैतिक बिश्वास, आस्था र बिचार प्रत्येक ब्यक्तिको ब्यतिगत स्वतन्त्रताको बिषय हो। राजनैतिक कार्यकर्ताको रुपमा आफ्ना नेता र पार्टी प्रती समर्थन र सहयोग गर्नु पर्छ तर गलत कदमप्रती हरेकले निस्पक्ष रुपमा आवाज उठाउन सक्नु पर्दछ र उठाउनु पर्दछ त्यो हरेक पार्टीको हरेक कार्यकर्ताको कर्तब्य र अधिकारको क्षेत्रभित्र पर्दछ। कुनै पनि निर्णय प्रती खण्डन गर्दा कार्वाहीमा परीन्छ भने त्यो लोकतान्त्रीक गणतन्त्रको राजनैतिक पार्टी हुनै सक्दैन। हाम्रो ब्यक्तिगत स्वार्थको निम्ति राज्यको हित बिपरीत समर्थन हुन्छ भने त्यो पनि राजद्रोह हो। अर्को कुरा बिपक्षीको खेदो खन्ने हाम्रो पुरानो परमपरा छ। आफुले राम्रो काम गर्म सकिन्न भने राम्रा कार्य प्रती बिपक्षीको खुलेर समर्थन र सहयोग गर्न सकिन्न भने त्यो राज्यप्रतिको बेईमानी हो। तर यहाँ जे गरे पनि जसो गरे पनि आफ्नो नेताको पिध चाट्ने परपमपरा चल्न थालेको छ। युवा पुस्तामा चाकडीवाजिको लत लाग्नु थालेको छ साथै पारीवारीक राजनिती हावी हुनुथालेको छ। त्यही चाकडीवाज र पारीवारीक परीपाटी हटाउनको लागि पनि राजतन्त्र फालेको होईन र? राजनैतिक कुरो जोड्दै गर्दा स्मरण गराउन चाहन्छु कि हामी पहिलो नम्बरमा नेपाली हौं या पार्टीको कार्यकर्ता? के देश भन्दा ठूलो राजनैतिक पार्टी अनि देशको झण्डा भन्दा कुनै पार्टीको झण्डा ठूलो हो र? होईन भने किन आउदो युवा पुस्ताका राजनैतिक उदाउदा नेताहरुमा रास्ट्र भन्दा राजनैतिक पार्टी ठूलो भन्ने भावना, सोच र परीपाटी ज्यादा देखिन्छ। कुनै पनि राजनैतिक पार्टीको स्वार्थका निम्ति रास्ट्र, रास्ट्रीयता सङ खेलवाड गर्नु परम अपराध हो। त्यो अपराध र इतिहासको खलपात्रका लागि हामीले हाम्रो समर्थन दिनु हाम्रो पनि अपराध हो। याद रहोस रास्ट्र र रास्ट्रीयता प्रती कुठाराघात गर्ने देशद्रोहीलाई इतिहास र आउदो पुस्ताले कदापी माफी दिने छैन र युगौ युग खलपात्रको आलोचना बेहोर्नु पर्ने निस्चित छ।
(३) सघियतामा गएपछी देशले निकास पाउछ देश तिव्र बिकाश हुन्छ भन्थे तर परीवर्तन खै? राजा हुदा ७/८ रुपैया किलोको चामल आज ५०/६० छ, नुन देखि सुन सम्म चरम कर छ, न्युटला देखि सुन्तला सम्ममा हाम्रो ठूलो पसीनाको हिस्सा छ खै त बिकास ? केही परीवारको निकास भन्दा देशले केही देख्न सकेन र पाउन पनि सकेन। गणतन्त्र आएको २० औं बर्ष बिते आज पनि हामी राजाले बनाईदिएकै बिस्वविधालयमा पढीरहेका छौँ, हवाईमार्ग, स्थलमार्ग अनि त्यहि अस्पताल प्रयोग गरीरहेका छौं। हरेक क्षेत्रमा चरम भ्रस्टाचार छ, न्याय हराएको आभास हुन्छ। यति धेरै बिकृती र बिसङती छ कि लाग्छ साउथ फिल्म चलिरहेको छ। नेतृत्व पक्ष सबै जत्था, भत्ता र सत्ताका लागि दौडधुप गरीरहदा, सामान्य ज्वरो आउदा बिदेस उपचारका लागि गैइरहदा जनता सिटामोल खान नपाएर मरीरहेका छन् , गरिबीको निकास खोजीरहेका छन् , न्याय नपाएर भौतारीरहेका छन् ,आखा अगाडि लुटीईरहेका छन् अनि चर्को घाममा पसीना बगाउदै ४००/५०० रुपैयाँ कमाएर आधा रकम सरकारलाई कर बुझाउदै नेताहरुलाई बिलासी जीवन प्रदान गरीरहेका छन् र घरमा आएर एक्छिन फुर्सद भो तेरो फलाना पार्टी मेरो फलाना पार्टी भन्दै छिमेकी सङ पानी बाराबार र खुकुरी हानाहान गरीरहेको दृश्य हाम्रै वर्तमान समाजमा चलीरहेको छ। यहाँ नागरीकता भन्दा पहिले कुन पार्टीको हो त्यो कुरो आउँछ। जब जनतालाई नै परीवर्तन, समानता समता र न्यायीक राज्य चाहिएको छैन भने कसरी परीवर्तन सम्भव हुन्छ र? हामीले गरेको र सोचेको राजनितिले हामी सबैलाई उपल्लो ब्यक्ती बनाउदैन, तर हामी कसैलाई राज्यको उपल्लो तहमा पुराउन सक्छौं। पार्टीकै उपल्ला नेतृत्व हरु समेत स्वार्थ बाझिदा एक पलमै सिद्धान्त र पार्टी परीवर्तन गरेको धेरै उदाहरण छ भने छीमेकमा पानी बाराबारको परमपरा कहिले सम्म र कार्यकर्ता र नेता असल भन्दा पनि कमसल कहिले सम्म? आफ्नो स्व बिवेक प्रयोग गरेर गलत निर्णयको खण्डन कहिले गर्ने? प्रस्न गम्भीर छ। थोन्डुप नामग्याल ( चोग्याल) राजाको नेपाल सङ सिमाना जोडीएको राज्य थियो सिक्किम। भारतीय तिक्डम र बढ्दो षड्यन्त्र र भारतीय गुप्तचर सस्था ‘रअ’ को जोडबलमा आफ्ना सारा भौगोलीक सम्प्रदाय, ईतिहास, पहिचान र रास्ट्रीयता मासेर दुर्भाग्यवश भारतको २२ औ राज्यको रुपमा स्थापित भयो। तत्कालीन समयमा त्यहाको नागरीकताको दुरुपयोग र भारतीय हस्तक्षेपको झझल्को अहिले नेपालमा देखिदैछ। भारत र नेपालका दुवै नागरीकता भएका थुप्रै बहुरुपीहरु हाम्रो ससद भवनमा प्रवेश गरीसकेका छन्। अनि हाम्रा नेता हरु सत्ताको होडमा नेपाललाई सिक्किमीकरण गर्न टेवा दिईरहेका छन्। यति धेरै घिनलाग्दो खेल देखिदैछ कि कोहि कुर्सीमा गम लगाएर बस्न खोज्ने कोहि गिनिज बुकमा नाम लेखाउने होडमा छन अनि जनता तल्लाघरे र माथ्ला घरे सङ पानी बाराबार। स्मरण रहोस सबैलाई यदि भारतको २% मात्रैले नागरिकता पाए भने नेपाल भारतको २३ औ राज्य हुने पक्का हो र हामी देशभक्त नेपाली नागरीकहरु आफ्नै देशमा सरणार्थी भएर बस्नुपर्ने दिन आउने कुरा छर्लङ्ग देखीन्छ। अत: रास्ट्रघाती कदम MCC र नागरीकता अध्यादेश प्रती पुनरावलोकन होस् र बेलैमा सच्याईयोस। आफ्ना निजी स्वार्थ, बैमनस्यता, लोभ र लालचमा आएर सत्ता प्राप्तिकै निम्ति आमा बेच्ने काम बन्द होस। जय देश।
-बेलबारी १ मोरंग

तपाईको प्रतिक्रिया