बेलबारी÷मोरङको बेलबारी नगरपालिकाले अष्टे«लिया बाट ल्याएको बोयर जातको बोका नगरका किसानहरुलाई बितरण गरेको छ ।
कोरोनाको महामारीकै बिच नगरपालिकाले कृषक समुह तथा ब्याबसायिक फर्महरुलाई बाख्राका पाठा पाठी बितरण बितरण गरेको हो । ५२ ओटा वोका र ३८ वटा पाठी बितरण गरीएको जनाएको छ । एक करोड २५ लाख मुल्य खर्च गरेर नगरपालिकाले अष्टे«लिया बाट बिमान चार्टर गरी बोका ल्याएर बितरण गरेको हो । किसानहरुलाई छिटो र बढी आर्थिक लाभ दिने भएकोले अष्ट्रेलियाबाट ल्याएर पाठा पाठि बिरतण गरीएको नगर प्रमुख ज्ञानेन्द्र सुबेदीले बताए ।
बेलबारीलाई बोयर बाख्राको पकेट क्षेत्रका रुपमा बिकास गर्ने लक्ष्य लिएर समूह तथा र्फमहरुलाई सर्त नै राखेर बाख्रा बितरण गरीएको छ । अनुदानमा दिएका बाख्राहरु बिक्रि गर्न नपाउने सर्त राखेर बितरण गरीएको प्रमुख प्रशासकिय अधिकृत प्रदिप शाहाले बताए । तिनै बाख्राका पाठापाठीबाट उत्पादन बढाउने लक्ष्य लिएको उनले बताए । नगरपालिकाले बोयर बाख्रा पाठा अनुदानमा दिनका लागि कार्यविधिनै बनाएको थियो ।
यो जातको बाख्राले दाना, पानी र स्थानीय स्तरमा पाईने सबै घाँस खाने भएकाले यतिबेला कृषकहरुको ध्यान उक्त बाख्रापालनमा गएको छ । थोरै समयमा धेरै नाफा दिने भएपछि कृषकहरुमा समेत बोयर प्रतिका ेमोह बढिरहेको छ । अन्य जातको बाख्रा भन्दा बोयरले छिटो समयमा फाइदा दिने पशु प्राविधिकहरु बताउछन ।

 

 

 

तपाईको प्रतिक्रिया