दक्षिण कोरिया । बिगत पाँच वर्ष भन्दा लामो समय देखि सामाजिक कार्यमा सक्रिय रहेको सुन्दरहरैचा समाज दक्षिण कोरिया र मोरङ भरिमाका अन्य पालिकाका ब्यत्तिहरु सम्मिलित मोरङ समाज दक्षिण कोरियाको स्थापना गरिएको छ ।
मे २४ तारिकमा भएको मोरङ भरिका पालिकाहरुमा घर भई हाल कोरियामा रहेका ब्यत्तिहरुको भेलाले सुन्दरहरैचा नगरपालिका बेलेपुरका कमल शमसेर सुब्बाको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरिएको हो । जिल्लाभरको शिक्षा,स्वास्थ्य र अन्य दैविप्रकोपमा सेवाभावले निष्पक्ष रुपमा सहयोग गर्ने उद्धेश्यका साथ संस्था स्थापना गरिएको जनाईएको छ ।
बिभिन्न खेलकुद प्रतियोगिता,आर्थिक अबस्था कमजोर भएका बिद्यालयाई सहयोग,पहिलो चरणको कोरोना महामारीमा सुन्दरहरैचा नगरपालिका मार्फत चामल बितरण,सुन्दरहरैचा ११ स्थित जुडि प्राविलाई फर्निचर निर्माण र अन्य पुर्वाधारमा सहयोग,आर्थिक अबस्था कमजोर भएकाहरुलाई आर्थिक सहयोग लगायत बिबिध सहयोगहरु प्रदान गर्दै आएको अध्यक्ष सुब्बा बताउँछन ।

तपाईको प्रतिक्रिया